News Portal

पासाङ ल्हामुमार्ग सडक भासिँदा यातायात ठप्प

हिमाली संचार संवाददाता
५२६ पटक

रसुवा — पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा बुधबार साँझदेखि यातायात अवरुद्ध छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङ सडक खण्डको बिचभाग नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएको हो । उक्त ठाउँ कालिका गाउँपालिका–१ मा पर्दछ ।

पहिरोले सडक भासिँदा रसुवागढी नाका जोड्ने सडकमा यातायात ठप्प भएको छ । सडक कुनासम्म पुरै भासिएको वडा अध्यक्ष मालफुर्पा तामाङले बताए । ‘पैदल आवतजावत गर्नसक्ने अवस्था पनि छैन,’ उनले भने, ‘यात्रा जोखिम रहेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रुहरुले सास्ति बेर्होनु परेको छ । पैदल यात्रीहरु एनसेलले बिछ्याएको फाइबरमा टेकेर पहिरो क्रस गरिरहेका छन् । सडक तत्काल खुल्ने अवस्था छैन ।’

यातायात ठप्प हुँदा स्थानीय बासिन्दा, पर्यटक र मानसरोवर जाने तीर्थयात्रीहरू मर्कामा परेको छन् । पहिरो गएको स्थानबाट यात्रुहरु दुईवटा सवारी साधन परिर्वतन गरेर गन्तव्यतर्फ गइरहेका छन् । मोटरसाइकलमा यात्रा गर्नेले जोखिम मोलेरै पैसा तिरेर तारेका छन् । सदरमुकाम धुन्चे र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोडने सडक यही नै हो । चाडवाडको मुखैमा सडक अवरुद्ध हुँदा व्यापारीहरु चिन्तित भएका छन् । लामो समय यातायात अवरुद्ध हुँदा स्याउलगायतका वस्तु कुहिने डर भएको व्यवसायीलेहरुले बताएका छन् । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियां सामानकै वर्चश्व छ । अहिले दशैं र तिहारका लागि चीनबाट सामान आयात धमाधम भइरहेको व्यापारी धर्म पौडेलले बताए ।

‘चाडबाडको मुखैमा यातायात अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन्,’ उनले भने । भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिंडेका सयौं कन्टेनर बिच बाटोमा नै रोकिएका छन् । सडक भासिएको ठाउँमा निर्माणको काम बिहिबारबाटै सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भटराइले बताइन् । सडक भासिएको छेउमा ठुलो पहरो रहेकाले तत्काल सडक सुचारु गर्नका लागि कठिनाइ रहेको छ । सडक डिभिजन कार्यालय नुवाकोटसँग समन्वय गरेर पहिरो गएको ठाउँमा तारजाली हाल्नेकाम सुरु भएको उनले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...