News Portal

लोकबहादुर शाही जस्ता पो जनप्रतिनिधि !

हिमाली संचार संवाददाता
८७४ पटक

इन्द्र बुढाथोकी /२६ भदौ २०७६ : अहिले अधिकांस स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका समाचारहरु आइरहेका छन्। अधिकांस जनप्रतिनिधिहरु जनताको करबाट आफ्ना सम्पत्ति जोडिरहेको आरोप लाग्दै आइरहेको छ।

सुविधाभोगी स्थानीय तहदेखि केन्द्रसम्म छन् तर ती मध्ये केही मनकारी जनप्रतिनिधिहरु पनि छन्। जसलाई आफ्नो सुविधा भन्दा सन्तुष्टि जनताको सेवामा मिल्छ।

ती मध्येका एक हुन सुर्खेतको सिम्ता गाउँपालिका वडा न ३ का वडा सदस्य लोक बहादुर शाही। जसले आफ्नो तलवभत्ताबाट आएको रकम सामाजिक क्षेत्रमा लगाउदै आइरहेका छ्न।

आफ्ना आमाबुवाको नाममा सम्मानमा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय झ्याममा २५ हजारको अक्षयकोष स्थापना गरी जेहेन्दार, गरिब छात्रछात्रालाई छात्रवृति प्रदान गरेका छन्।

साथै उनले साइकल यात्री बालकृष्ण शाहीलाई ३० हजार सहयोग गरेका छन्। आफ्नो कार्यकालसम्म प्राप्त भएको तलब भत्ता सामाजिक कार्यमा नै खर्च गर्ने शाहीले बताए।

एक वर्ष अगाडि स्वर्गिय दाजु यामु शाहिको नामको मावि लाफुमा पनि अक्षयकोष स्थापना गरेका शाहीले एक वर्षको अवसरमा छात्र रमेश विक र छात्रा पवित्रा जैशीलाई शैक्षिक सामाग्रीको लागि दुई हजार प्रदान गरेका छन्।

कार्यक्रममा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, वडा न. ३ का वडाध्यक्ष नहकुल बुढा, झ्यामका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर सिहं लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...