News Portal

  • बिश्वबिद्धालय वरिपरि नेबि संघद्वारा वृक्षारोपण

    हिमाली संचार संवाददाता
    ४७३ पटक

    काठमाडौ : नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर मंगलबार त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण गरेको छ।

    त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब ३ सय रुख रोपेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको बिशिस्ट आतिथ्यता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साउदले बिपिको बाटोमा हिडे मात्रै देस समृद्ध र सुखी नेपाली हुने बताए। उनले कांग्रेसले बिपि कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने पनि जिकिर गरे।

    कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो। सहभागी बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपि कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए।

    अखिल पाचौका अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल विद्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र, अखिल बैद्यका महासचिब पेशल दहाल, अखिल (गोपाल किराती) महासचिब सुन्दर रायमाझी, समाजबादी विद्यार्थी यूनियनका उपाध्यक्ष बिबेक ओलि, नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन बिश्वबिद्धालयका नेपाल विद्यार्थी संघ पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...