News Portal

बिश्वबिद्धालय वरिपरि नेबि संघद्वारा वृक्षारोपण

हिमाली संचार संवाददाता
५०२ पटक

काठमाडौ : नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर मंगलबार त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण गरेको छ।

त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब ३ सय रुख रोपेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको बिशिस्ट आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साउदले बिपिको बाटोमा हिडे मात्रै देस समृद्ध र सुखी नेपाली हुने बताए। उनले कांग्रेसले बिपि कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने पनि जिकिर गरे।

कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो। सहभागी बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपि कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए।

अखिल पाचौका अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल विद्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र, अखिल बैद्यका महासचिब पेशल दहाल, अखिल (गोपाल किराती) महासचिब सुन्दर रायमाझी, समाजबादी विद्यार्थी यूनियनका उपाध्यक्ष बिबेक ओलि, नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन बिश्वबिद्धालयका नेपाल विद्यार्थी संघ पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...