News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोनिका घले बनिन् मिस नेपाल नर्थ अमेरिका

    हिमाली संचार संवाददाता
    ६८१ पटक

    न्यूयोर्क / न्यूयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका-२०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका- २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुबाट घले बिजेता बनेकी हुन् ।

    प्रथम मिस नेपाल नर्थ अमेरिका-२०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना राई घोषित भएका छन । अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।

    मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।

    अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो । पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

    प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।

    कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,बिक्की गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

    कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ ।

    यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी ,मिस पपुलर (जनताको मतद्वारा) मा स्वेता खड़का, मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माइलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी ,मिस पर्सोनालिटीमा सनम थापा,मिस डिसीप्लेनमा श्रद्धा केसी , मिस क्याटवाकमा मोनिका घले ,मिस फ्रेन्डसिपमा सुजाता लामा,मिस हेयरमा ज्योति गुरुग,मिस राईजिग स्टारमा स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ । निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक सभापति हुन ।

    तस्वीरः बिक्रान्त मान श्रेष्ठ 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ५, २०८२ (मे १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...

    पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार...

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना...

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...