News Portal

  • संसदमा हुने कुतर्कले कानून निर्माणमा नै समस्या

    हिमाली संचार संवाददाता
    ७५८ पटक

    काठमाडौं, २४ भदौ २०७६ : झन्डै १ वर्षदेखि छलफलमा रहेको नागरिकता सम्बन्धी विधेयक झन् पेचिलो बन्दै गएको छ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको विषयलाई लिएर सांसदहरुको अलगअलग मत र पार्टीको अलगअलग अडानको कारण विधेयकले निष्कर्ष पाएको छैन।

    जे हुन्छ, संसदीय समितिमा हुन्छ। कहिले काहीं समितिमा सांसदहरुबीच नै विवाद हुन्छ भने कहिले काहीं समितिमा बोलाइएका व्यक्तिलाई विना कुनै प्रमाण सांसदहरुले हकार्ने गरेकै छन् ।

    यस्तै, रोचक दृश्यको थलो नै समिति बन्न पुगेको छ। अझ, पछिल्लो समय विभिन्न विधेयकमा समितिका सांसदहरुको फरकफरक धारणाले समस्या निम्त्याउने गरेको छ। जसको अर्को उदाहरण हो, नागरिकता विधेयक।

    सोमबार पनि त्यस्तै भयो। सोमबार भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टीका सांसद झपट रावलको तर्क र समितिको बहस हेर्न लायक थियो। छलफलमा सांसद रावल एकातिर सम्पूर्ण समिति अर्को तिर देखिन्थे।

    सांसद झपट रावलले समितिको छलफलमा विधेयकको दफा ८ मा रहेको नागरिकता प्राप्तिको लागि निवेदन दिनुपर्ने भन्ने खण्डमा उपसमितिले दिएको रायमा प्रयोग गरिएको शब्द ’बदनियत’ को व्याख्या के हो भनि तर्क गर्नुभयो।

    सांसद रावलले बाबुको पहिचान नखुलेको भनि आफ्नो सन्तानको स्वघोषणा गरी नागरिकता बनाउने प्रयोजनलाई पुरुषमाथि महिलाले कुनै पनि बेला बदनियत राख्ने र सन्तानबाट बन्चित गराउन सक्ने भन्दै आमाको स्वघोषणाको सत्यता कसरी जाँच गर्न सकिन्छ भनेर तर्क गर्नु भयो।

    यस्तै, स्वघोषणापछि बच्चाको अधिकार आमाले मात्र प्रयोग गर्ने प्रावधानले पुरुष प्रताडित हुन सक्ने भन्दै यस्ता प्रावधान नराख्न माग पनि गर्नुभयो।

    हरेक विषयमा तर्क र अडान बढ्न थालेपछि समितिमा केहीबेर रावलको तर्कको प्रतिरोध समेत गर्नुपरेको थियो। समितिमा हुने यस प्रकारको बहस हुनु त राम्रो नै मनिन्छ तर यसले विधेयकको छलफलको सीमा भने बढाउछ।

    फलस्वरूप समयमा बिधेयक पास नभएर अन्य कानुन निर्माण नै रोकिने अवस्था आएको छ। नागरिकता सम्बन्धि बिधेयक संघिय संसदमा २०७५ साल साउन २८ गते टेबल भएर साउन २९ गते समितिमा आएर निरन्तर छलफल भैरहेको छ।

    समितिमा भएको छलफलमा सहमति जुट्न नसकेको बुँदाहरुसहित छलफलगरी सहमति जुटाउन सांसद बिजय सुब्बाको संयोजकत्वमा २०७५ चैत्र ७ गते उपसमिति गठन गरेको थियो। उपसमितिले २०७६ भदौ १० गते बुझाएको प्रतिवेदनमा पनि धेरै विषयमा सहमति जुटेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...