News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विमलेन्द्र निधिले क्रिश्चियनको पैसा खाएको खुलासा

    हिमाली संचार संवाददाता
    ४७४ पटक

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपसभपाति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको छ।

    प्रदेश ३ का सात वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा शनिबार उपसभापति निधिले हिन्दूराष्ट्रको विरोध गर्दै धर्म निरपेक्षताको पक्षमा धारणा राखपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको हो।

    प्रशिक्षण कार्यक्रमा निधिले युरोपियन युनियनका पैसा खाएर क्रिश्चियन धर्मको पक्षमा र हिन्दूधर्मको विपक्षमा अभियान चलाएको भन्दै बहुमत महासमिति सदस्यहरूले शनिबार हँगामा मच्चाएका हुन्।

    अवस्था उत्तेजित भएर सम्हाल्नै नसक्ने अवस्थामा पुगेपछि निधिका लागि सुरक्षामा खटिएका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी मञ्चमै उक्लिएिका थिए।

    भक्तपुर जिल्लाको ठिमीको बोडेमा शुक्रबार र शनिबार दुई दिन आयोजित प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का सात जिल्लाहरू भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    नेपाली कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले शनिबार बोल्ने क्रममा हिन्दूराष्ट्रको विपक्षमा धारणा राखेपछि अधिकांश महासमिति सदस्यहरूले नेपाली कांग्रेस सनातन हिन्दू राज्यको विषयमा जनमत संग्रहमा जानुपर्ने धारणा राखेको एक जना महासमिति सदस्यले जनाएका छन्।

    नेपाली कांग्रेसका तर्फबाट प्रदेश सांसद नरोत्तम बैद्य, महासमिति सदस्य कृष्णा अमात्य, ऋषिराम घिमिरे लगायत चार दर्जन बढी महासमिति सदस्यहरूले हिन्दूराज्यको विपक्षमा धारणा राखेको भन्दै उपसभापति निधिको आलोचना गरेका थिए।

    प्रशिक्षण कार्यक्रममा करीब २० मिनेटसम्म उपसभापति निधिको विपक्षमा हो-हल्ला भएको थियो। उपसभापति निधिको विरुद्ध मञ्चमा होहल्ला भएपछि निधिनका अंगरक्षकहरू स्टेजमा आएका थिए।

    त्यसपछि झन् निधिविरुद्ध प्रशिक्षण कार्यक्रममा हँगामा भएको थियो। विरोध भएपछि उपसभापति निधिले आफ्ना सुरक्षाकर्मीहरूलाई हातले संकेत गरेर मञ्चभन्दा बाहिर जान निर्देशन दिएका थिए।

    प्रशिक्षण कार्यक्रममा निधिको विरोध गर्नेहरूले क्रिश्चियनको पैसा खाएको आरोप लगाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रामजानकीको विवाह महोत्सवमा जनकपुरधाममा आउने क्रममा पनि निधिले विरोध जनाएका थिए।

    निधिले मोदीको जनकपुर भ्रमणको विरोध गर्दै काठमाडौंमा आफू निकटका पत्रकारहरूलाई नयाँबानेश्वरको भीमसेनगोलामा बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    गिरुवारी खोलाको पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट सवारी सञ्चालन

    नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा...

    आजको राशिफल

    आज वैशाख ३०, २०८२ (मे १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...