News Portal

रंगेलीकाे मुख्य वजारका सय बर्ष पुराना घरहरु भत्कन थाले

हिमाली संचार संवाददाता
७७१ पटक

रबिन्द्र बराल
मोरङ, २१ भदौ : नेपाल सरकारले सिहदरवारकाे अधिकार स्थानीयलाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेलीकाे बिकासमा नगरपालिकाले रंग उडेकाे रंगेलीलाई रंग भर्न सुरु गरेको छ।

रंगेली वजारकाे मुख्य हुलाकी राजमार्ग सडक बिस्तार हुने भएपछि स्थानीय खुशी भएका छन। हुलाकी राजमार्ग निर्देशनालयले सडक बिस्तारका लागि रंगेली नगरपालिकाकाे सिमाक्षेत्र भित्र रहेको संरचनाहरु हटाउन पत्राचार गरेपछि रंगेली वजार भत्कन थालेको हो।

डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमाेजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्रलाई साहयक मार्गकाे रुपमा सडक लाई फराकिलो पार्न १५-१५ मिटर र ६-६ मिटर सेड व्याक निर्माण गर्ने ताेकेपछि नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले अाफ्नाे क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडककाे काेल्डस्टाेर देखि मधुवनी चाेक सम्मकाे दायाँबायाँमा रहेका घरहरु भत्काउन परिपत्र समेत गरेको हुनाले अहिले घरहरु भत्कन थालेका हुन।

श्री ५ काे सरकारले २०३४ साल असार २० मा प्रकाशित राजपत्र अनुसार बिराटनगर रंगेली झापासम्मकाे सडकलाई साहायक मार्गमा वर्गीकरण गरि उक्त सडकको केन्द्र विन्दुदेखि दायाँ र बायाँबाट १५ / १५ मिटर सडक सिमा ताेकिएकाे थियो।

सडक बनाउ नहुने भन्दैै केही स्थानीयहरुले अदालत समेत मुद्दा हाल्दा अदालतले सडक निर्माण सुरु गर्ने भनि परिपत्र समेत नगरपालिकालाई पठाएपछि नगरपालिले घर टहरा हटाउन निर्देशन दिएकाे नगरपालिकाका मेयर दिलिप बगडियाले बताए।

भिडियो रिपोर्ट :

प्रतिकृया दिनुहोस्

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक...

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा...