News Portal

ललितपुरबाट रेष्टुरेण्ट सञ्चालक पक्राउ, ४ किशोरीको उद्धार

५७४ पटक

ललितपुर – किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सञ्चालकद्वयले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताए ।

उनले भने, ‘उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ उनीहरुविरुद्ध मानव बेचविखनको समेत आरोपमा अनुसन्धान अघि बढेको छ ।

रेष्टुरेण्टबाट ४ जना किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले बताए । परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।
रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...