News Portal

अब एटिएमबाट दैनिक ६० हजार मात्र झिक्न मिल्ने

हिमाली संचार संवाददाता
८४१ पटक

काठमाडौं, २० भदौ : चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ।

नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार ५ हजारदेखि अधिकतम २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ।

यस्तै प्रतिदिन अधिकतम ६० हजारभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्‍याएको नमानिने निर्देशनमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने र ग्रहण गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रतिकारोवार न्यूनतम ५ हजारदेखि २० हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गरिएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जारी गरेको निर्देशनमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...