News Portal

तपाईंको राशिफल : आज बि.स.२०७५ साल साउन २९ गते मंगलवार

हिमाली संचार संवाददाता
६०० पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सद्भाव बढ्नेछ । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । साथै अकस्मात धन-सम्पत्ति हात पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यस्तता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोमाञ्चक यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । व्यापार व्यवसायमा फाईदा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यमा अवरोध आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । स्वास्थ्य बिग्रनेछ । दिनको उत्तरार्धमा अधन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...