News Portal

कुकुर मार्ने मेयरले भिडियो सार्वजनिक गर्ने बिष्टलाई धम्क्याए !

हिमालीसंचार संवाददाता
८६४ पटक

काठमाडौं – कुकुरलाई बर्वरतापूर्वक मारेर चर्चामा आएका खोटाङ् जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजाल र उनका कर्मचारीहरूले कुकुर मारेको भिडियो सार्वजनिक गर्ने बाजिन्द्र बिष्टलाई ज्यान मार्ने धम्की दिएका छन्।

मेयर रिजालको आदेशमा नगरपालिकासंग सम्बन्धित कर्मचारीबाट पशुअधिकारको हनन् हुनेगरी अमानविय, बर्बरतापूर्ण तरिकाले कुकुर मार्ने, आक्रमण गर्ने कार्य भएको भिडियो बिष्टले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए।

बिष्टले राखेको भिडियो सार्वजनिक भएर भाइरल भएपछि मेयर रिजालको सर्वत्र आलोचना भएको छ। बिष्टले भने ज्यान मार्ने धम्की व्यहोर्नु परेको छ।

पशुअधिकारवादी, मानवअधिकारवादीका साथै राजनीतिककर्मीहरूले बिष्टको जीवनरक्षाको माग गरेका छ्न्। घटना सार्वजनिक भएपछि नेपाल भेटेरिनरी एसोसियसनको तर्फबाट आक्रमणमा परि घाइते भएका अन्य कुकुरहरुको उपचार शुरु भएको छ। डा.सिताराम यादब, डा.बिशाल पोखरेल, डा.सरोज चौधरीलगायतको टिमले घाइते कुकुरहरुको उपचार गरिरहेको छ।

मेयरबिरुद्ध उजुरी !

खोटाङको दिक्तेलमा भुस्याहा कुकुर मार्ने अभियान चलाएको भन्दै मेयरविरुद्ध उजुरी परेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो।

केही दिन अघि उक्त नगरपालिका क्षेत्रमा निर्ममतापूर्वक कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। मेयर रिजालले दिएको निर्देशनमा कुकुरलाई मार्ने अभियान चलाइएको आरोप लागेको छ।

नेपाल भेटेरेनरी एशोसिएसनसँग आबद्ध पशु चिकित्सक सीताराम यादव र पशु प्राविधिक सुमन श्रेष्ठसहितको टोलीले प्रहरीमा उजुरी गरेको हो। खोटाङ जिल्लामा कार्यरत प्रहरी निरिक्षक आमोद खेरवारले घटनाको अनुसन्धान सुरु भएको जानकारी दिएका थिए।

के छ भिडियोमा ?

बाजिन्द्र बिष्टले आफ्नो फेसबुकमा राखेको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को एक जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ।

दृश्यमा कतिपय मरेका र कतिपय बेहोस कुकुरलाई ट्याक्टरमा हालेर भवनगैरातर्फ लैजाँदै गर्दा त्रिबेणीचोकमा सो कुकुरलाई निर्मम तरिकाले मारेको देखिन्छ। कुकुरलाई कुटेको भिडियो भाईरल भएपछि सो भिडियोलाई फेसबुकले ब्लर गरेको छ।

हेर्नुहोस भिडियो यस्तो छ :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...