News Portal

मन्त्री भट्टराईसँग जर्मनीका राजदूतको भेट

हिमाली संचार संवाददाता
६०४ पटक

काठमाडाैं, १८ भदाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियान्ड, नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जामिए लेजेले मंगलबार भेेेटघाट गर्नुभएको छ। उहाँहरुले सिंहदरबारस्थित मन्त्रालयमा छुट्टाछुट्टै भेट गर्नुभएको हो।

भेटमा मन्त्री भट्टराईले हवाई उड्डयन र हवाई सुरक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)ले तोकेको मापदण्डबमोजिम सुधार गर्न सफल भई आइकाओको पछिल्लो उडान सुरक्षा अडिटको नतिजाले उडान सुरक्षाको स्तर अहिले विश्वमा सरदर ६० प्रतिशत रहेकामा नेपालको ६६.७ प्रतिशत पुगेको बताउनुभयो।

नेपालको सुरक्षास्तर बढेको तथा आइकाओ काउन्सिल प्रेसिडेन्ट सर्टिफिकेटसमेत प्रदान भएको अवस्थामा युरोपको आकासमा नेपाली एयरलाइन्सलाई गरिँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढङ्गले उडान गर्न दिनुपर्नेमा जोड दिनुभएको थियो।

सो विषयमा आवश्यक सहयोग गर्न मन्त्री भट्टराईले उहाँहरुसँग आग्रह गर्नुभएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागार्इँले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...