News Portal

मेडिकल कलेजका विद्यार्थी पक्राउ

हिमाली संचार संवाददाता
५५४ पटक

काठमाडौं : चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा -यालीसहित प्रर्दशन गरेका छन् ।

प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन्। मकवानपुर घर भएका प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् । उनी छात्रवृत्तिमा बिडिएस पढ्दै थिए।

चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्‍याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविसकोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए। उनीहरुले विनाकारण विद्यार्थी नेता पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरे ।

चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको अभियानका संयोजक प्रकाश चन्दले बताए ।
वर्तमान सरकारले मेडिकल माफियालाई कारबार्ही गर्नुको साटो मेडिकल पढ्ने बिद्यार्थीमाथी दमन गर्ने काम गरेको उनले आरोप लगाए ।

तोकिएको भन्दा लाखौं बढी पैसा असुली गरी चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा लुटतन्त्र मच्चाएको भन्दै बिद्यार्थीहरुले मेडिकल कलेज बिरुद्ध  नाराबाजी समेत गरेका थिए ।

१२ देखि २० लाख सम्म बढी पैसा कलेजले असुली गरेको र त्यसको बिल भरपाई समेत केही नदिने गरेको भन्दै विद्यार्थीले कलेज प्रशासन बिरुद्ध चर्को नाराबाजी गरे ।

आफूहरुको आन्दोलनलाई दवाउन प्रविनलाई पक्राउ गरिएको र  पक्राउ गरिएका विद्यार्थी तत्काल नछाडे आन्दोलनलाई थप चर्काउने उनीहरुको चेतावनी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछ गर्नुपर्ने भएकाले प्रविनलाई पक्राउ गरिएको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...