News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालमा उत्पादित बस्तुको बर्मामा प्रदर्शनी

    हिमाली संचार संवाददाता
    ८०१ पटक

    काठमाडाैं, १७ भदाै : सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल(एससिडब्लुइसी)सँग आबद्ध एक टोली नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्माको याङ्गनतर्फ प्रस्थान गरेको छ। बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित टोली बर्माको याङ्गनको भ्रमणमा निस्किएको हो।

    टोलीले याङ्गनको पाइन ओओलीन शहरस्थित नेपाली दूतावासमा आइतबारदेखि नेपाली उत्पादनहरूको प्रदर्शन सुरु गरेको हो। आइतबारदेखि मंगलबारसम्म चल्ने प्रदर्शनीमा नेपालका विभिन्न उत्पादनहरूको प्रवर्द्धनात्मक प्रदर्शनी हुनेछ।

    प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, नेपाली महिलाहरूले प्रयोग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी, चोली, मखमली चप्पल, विभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरू, गाग्री, खड्कुलोजस्ता सामाग्रीहरू राखिएको छ।

    यसप्रति त्यहाँका स्थानीयहरूको आकर्षण बढ्दो रहेको आयोजकले जनाएको छ। त्यसैगरी टोलीले बर्माका विभिन्न सहरहरूमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्‍याउने योजना समेत बनाएको छ।

    सार्क चेम्बर महिला उद्यमी परिषद् (एस्सिडब्लुइसी) नेपाल सार्क चेम्बर अफ् कमर्स एण्ड् इन्डस्ट्री मातहतको एक अङ्ग पनि हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरूको महिला उद्यमीहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने रहेको छ। बिगत १० वर्षदेखि यो संस्थाले महिला उद्यमीहरूको हितका लागि विभिन्न कदमहरू चाल्दै आएको छ।

    प्रतिकृया दिनुहोस्

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...

    प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान...

    ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

    ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको सुनुवाइ स्थगित

    काठमाडौं, वैशाख ८ – गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

    धोबिखोलामा स्कुटर खस्दा भाग्यले बच्यो चालक

    काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने...