News Portal

२५ गाउँ ठग्ने श्याम परदेशी पक्राउ

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडाैं, १६ भदाै : सर्वसाधारणलाई ऋण दिएवापत नक्कली कागज बनाएर ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन्। प्रदेशीलाई आइतबार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको हो ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिनुभएकाे थियाे।

‘४ लाख दिएर १५ लाखको कागज गराएको भनी ठगीमा उजुरी आएकाले पक्राउ गरेका हौँ,’ सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले भन्नुभयाे। उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए ।

पीडितहरुले गत मंगलबार राजधानीमा परदेशीविरुद्ध पत्रकार सम्मेलन गरेर आफूहरुलाई न्याय दिलाउन सरकारसँग अपिल समेत गरेका थिए। जालझेल, ललाईफकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो।

परदेशीले गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...