News Portal

२५ गाउँ ठग्ने श्याम परदेशी पक्राउ

हिमाली संचार संवाददाता
५०८ पटक

काठमाडाैं, १६ भदाै : सर्वसाधारणलाई ऋण दिएवापत नक्कली कागज बनाएर ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन्। प्रदेशीलाई आइतबार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको हो ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिनुभएकाे थियाे।

‘४ लाख दिएर १५ लाखको कागज गराएको भनी ठगीमा उजुरी आएकाले पक्राउ गरेका हौँ,’ सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले भन्नुभयाे। उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए ।

पीडितहरुले गत मंगलबार राजधानीमा परदेशीविरुद्ध पत्रकार सम्मेलन गरेर आफूहरुलाई न्याय दिलाउन सरकारसँग अपिल समेत गरेका थिए। जालझेल, ललाईफकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो।

परदेशीले गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...