News Portal

कांग्रेसले ७४ जिल्लामा तोक्यो प्रतिनिधि : रुकुम पश्चिम, दैलेख र डोल्पा जिल्लामा बाँकी !

हिमाली संचार संवाददाता
९१५ पटक

सुजिता बडाल
काठमाडौं, १३ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ। प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउने प्रतिनिधिको टुंगो लगाएको हो।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पाउन प्रतिनिधिको नाम टुंगो लगाएको र १५ भदौबाट प्रतिनिधिले जिल्ला गएर काम गरिसक्ने बताए। प्रतिनिधिको टुंगो लागिसक्यो, १५ गतेबाट काम सुरु हुन्छ। समितिका संयोजक समेत रहेका नेता अधिकारीले भने।

समितिका सचिव केशब रिजालले ७४ जिल्लामा नै प्रजातान्त्रिक लयर्स एसोसियसन (डिएलए) का जिल्ला तहका नेतालाई प्रतिनिधि तोकिएको र तीन जिल्ला डोल्पा, दैलेख र रुकुम पश्चिममा डिएलएको शाखा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघ मध्येबाट जिम्मेवारी दिने तयारी रहेको जानकारी दिए।

रिजालले १५ गते सबै जिलामा जिल्ला कार्यसमितिको बैठक राखेर काम सुरु गर्न भनिएको समेत बताए। प्रतिनिधिहरुले पार्टीको अन्तरिम संरचना गठनका लागि बनाएको निर्देशिका अनुसार काम गर्ने र संरचना निर्माण गर्दा भएको समायोजनको विवरण प्रमाणित गरेर केन्द्रिय निर्वाचन समितिलाई  पठाउने उनले जनाएका छन।

२० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्तिकभित्र स्थानीय तहका समेत गरी सबै कार्यसमिति समायोजन गरी सक्ने कांग्रेसको पूर्व तयारी छ। २६ साउनको केन्द्रीय समिति बैठकले सोही बमोजिमको निर्णय  गरेको थियो।

यसअघि जिल्ला पठाइने प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा पार्टी नेतृत्वको विरोध हुँदै आएको थियो। केन्द्रिय समिति बैठकमा बैठकमा समेत प्रतिनिधि कसलाई पठाउने भन्नेमा विवाद भएको थियो।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई नै प्रतिनिधि पठाउन संस्थापन पक्षको प्रस्ताव आएपछि इतर पक्षले असहमति जनाएको थियो भने त्यसपछि केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिइएको थियो। प्रतिनिधिले जिल्ला पुगेर पार्टीले अन्तरिम संरचना गठनका विषयमा बनाएको निर्देशिकामा उल्लेख भएका विषयलाई गाइडलाइन मानेर काम गर्ने निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिले निदेशिकाअनुसार नै प्रतिनिधिसभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा बैठक गरी संरचना गठन प्रक्रिया थाल्नेछन। प्रदेश संरचना गठनको विषयमा भने कांग्रेसभित्र अझै सहमति जुट्न सकेको छैन। पार्टीको रिक्त संरचना गठनको विषयलाई पार्टी भित्र विवाद बढेपछि कांग्रेसले निदेशिका बनाएर टुंगो लगाएको थियो।

निर्देशिकाअनुसार अन्तरिम संरचना गठन सहमतिबाटै गर्ने कांग्रेस शीर्ष तहमा सहमति भएको छ तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन हुने उल्लेख छ। सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिनेछ।

कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा लगेको थियो। जसअनुसार केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको आठ तहको पार्टीको संरचना विधानमा उल्लेख छ। हाल कांग्रेसको केन्द्र र ७५ जिल्लाबाहेकका संरचना छैन।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...