News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फुटपाथमा नरिवल बेच्ने युवकलाई कुटपिट गरेकाेमा दुई जना प्रहरीलाई निलम्बन

    हिमाली संचार संवाददाता
    ४३६ पटक

    जनकपुर – जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् ।

    बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो ।

    रोशनलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले गरेको ज्यादतीको गरेको थियो । त्यसको विरोधमा सो कार्यमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका थिए ।

    जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका थिए । जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले अभियन्ता कर्णलाई चौकीमै बोलाएर हातपात गरेका थिए ।

    यता धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले अभियन्ता सुशिल कर्ण र नरिवल बेच्ने युवक रोशनमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे ।

    इन्चार्ज प्रहरी जवान यादवलाई निलम्बनका लागि सिफारिस गर्ने र थप कारवाहीका लागि प्रक्रिया अगाडी बढाइने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...

    दुःखद घटना : स्कुल जान लागेका दिदी–भाइको ज्यान बाबुले लिए, चितवनमा पारिवारिक शोकको छाया

    चितवन, जेठ ४ -भरतपुरमा शुक्रबार बिहान भएको एक हृदयविदारक घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।...

    गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

    गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू...

    आजको राशिफल

    आज जेठ ४, २०८२ (मे १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...