News Portal

रत्न माध्यमिक विद्यालय रंजनिमा एक दिने जनचेतनामूलक कार्यक्रम

हिमाली संचार संवाददाता
३५८ पटक

रबिन्द्र बराल/मोरङ, १२ भदौ : माेरङकाे रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रंजनिमा एक दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ। विद्यालयमा अध्यन कक्ष ८ देखि १० सम्मका छात्रछात्राहरुलाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रशिक्षण दिएको हाे।

अहिले सामाजिक सन्जालले गर्दा युवायुवतीहरु दिनप्रतिदिन बिकृतिमा तथा अन्य बाटाेमा लागिरहेको अवस्था यस्ता जनचेतनामूलक कार्यक्रम गर्नु निकै फलदायी हुने स्थानीय वडाध्यक्ष घनश्याम पनेरुले बताए।

१ नं.प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले पावर प्वाइन्ट तथा लेक्चर, भिडियो बिधीबाट साइबर क्राइम, बाल बिबाह, ट्राफिक नियम, लागु औषध सम्बन्धी बिषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षण दिदै दाहालले भने गाउँघरमा अहिले पनि घरेलु हिन्सा कायमै रहेको हुनाले यसबाट हुने हिन्सा राेक्न सबै पक्षकाे भुमिका उत्तिकै महत्त्वपूर्ण हुने समेत बताए।

१ न. प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा ईलाका प्रहरी कार्यालय रंगेलीकाे पहलमा समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको छ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनि अध्यक्ष मिना जोशी, वडाध्यक्ष घनश्याम पनेरु, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, स्थानीय, बुद्धिजीवी, समाजसेवी, शिक्षक लगायतकाे उपस्थिति समेत रहेको थियोे।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...