News Portal

अध्यक्षको मनोमानी र उदासिनताले यूनियनको अधिवेशन लम्बिदै

हिमाली संचार संवाददाता
६८० पटक

नेपालगन्ज, ११ भदौ : कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन बाँकेको जिल्ला अधिवेशन यूनियनकै अध्यक्ष जयनारायण शाहको पदिय लोभका कारण अझै हुन नसकेको यूनियनमा आबद्ध पत्रकारहरुको आरोप छ।

पदिय लोभसँगै अध्यक्ष शाहको उदासिन्ता र लापरवाही पनि अधिवेशन नहुनुको अर्को कारण भएको यूनियनकै एक पदाधिकारी बताउँछन् । उनी भन्छन – ‘अध्यक्ष शाहलाई अझै पदको लोभ रहिरहेको छ। अधिवेशन भए पद चिलिम हुने निश्चित छ। अनि कसरी अधिवेशनको आयोजना हुन्छ।

यूनियनको केन्द्रीय महाधिवेशनको मिति समेत तय भइसकेको छ। केन्द्रीय महाधिवशेनका लागि आगामी मंसिर २८ र २९ गतेको मिति तोकिएको छ तर, बाँकेको जिल्ला अधिवेशनका बारे अध्यक्ष शाहलाई कुनै चासो छैन् एक पदाधिकारीले नाम नछाप्ने शर्तमा भने समयमै अधिवेशन नहुनुको प्रमुख कारण अध्यक्षको मनोमानी र उदासिनता नै हो।

अध्यक्ष शाह अब पुरा व्यवसायी भइसक्नु भो उनले भने ‘ उहाँका रक्षक नामक संस्था चलाउनै ठिक्क छ । यूनियन तिर ध्यान जाने त कुरै भएन् ।×’ उनले थपे अब उहाँले यूनियन छोडेर अर्कोलाई जिम्मेवारी दिनु नै उपयुक्त देखिन्छ ।’
उनी भन्छन् ः ‘अहिले मिडिया विहीन हुनुभएका अध्यक्ष शाहलाई सार्वजनिक कार्यक्रम, सेमिनार र साथीभाईसँग गफिन यूनियनको अध्यक्ष पद फलदायी देखिएको छ।

युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो तर, बाँके जिल्लामा अहिलेपनि यूनियनको जिल्ला अधिवेशन हुन सकेको छैन्।
जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी बताउँछन्।

बाँके जिल्लाको अधिवेशन कहिले हुन्छ भनेर अध्यक्ष शाहलाई बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन्। यूनियनका सचिव अर्जुन ओलीले भने ‘अध्यक्षकै कारण यसअघि अधिवेशन ढिलाई भएपनि अब भदौभित्रै गरिनेछ।

बाँकेको यूनियन अधिवेशनमा अध्यक्ष पदका लागि अर्जुन ओली, नविन गिरी, चेतकान्त भट्टराईले तयारी गरेको चर्चा आइरहेको छ तर, यूनियनका उपमहासचिव प्रेम केसी, केन्द्रीय सदस्य जयसिंह केसी लगायतका अग्रज नेताहरु आफू अनुकुलको व्यक्तिलाई अध्यक्ष बनाउँने रणनीतिमा लागिरहेको खुलासा भएको छ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...