News Portal

अध्यक्षको मनोमानी र उदासिनताले यूनियनको अधिवेशन लम्बिदै

हिमाली संचार संवाददाता
७३१ पटक

नेपालगन्ज, ११ भदौ : कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन बाँकेको जिल्ला अधिवेशन यूनियनकै अध्यक्ष जयनारायण शाहको पदिय लोभका कारण अझै हुन नसकेको यूनियनमा आबद्ध पत्रकारहरुको आरोप छ।

पदिय लोभसँगै अध्यक्ष शाहको उदासिन्ता र लापरवाही पनि अधिवेशन नहुनुको अर्को कारण भएको यूनियनकै एक पदाधिकारी बताउँछन् । उनी भन्छन – ‘अध्यक्ष शाहलाई अझै पदको लोभ रहिरहेको छ। अधिवेशन भए पद चिलिम हुने निश्चित छ। अनि कसरी अधिवेशनको आयोजना हुन्छ।

यूनियनको केन्द्रीय महाधिवेशनको मिति समेत तय भइसकेको छ। केन्द्रीय महाधिवशेनका लागि आगामी मंसिर २८ र २९ गतेको मिति तोकिएको छ तर, बाँकेको जिल्ला अधिवेशनका बारे अध्यक्ष शाहलाई कुनै चासो छैन् एक पदाधिकारीले नाम नछाप्ने शर्तमा भने समयमै अधिवेशन नहुनुको प्रमुख कारण अध्यक्षको मनोमानी र उदासिनता नै हो।

अध्यक्ष शाह अब पुरा व्यवसायी भइसक्नु भो उनले भने ‘ उहाँका रक्षक नामक संस्था चलाउनै ठिक्क छ । यूनियन तिर ध्यान जाने त कुरै भएन् ।×’ उनले थपे अब उहाँले यूनियन छोडेर अर्कोलाई जिम्मेवारी दिनु नै उपयुक्त देखिन्छ ।’
उनी भन्छन् ः ‘अहिले मिडिया विहीन हुनुभएका अध्यक्ष शाहलाई सार्वजनिक कार्यक्रम, सेमिनार र साथीभाईसँग गफिन यूनियनको अध्यक्ष पद फलदायी देखिएको छ।

युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो तर, बाँके जिल्लामा अहिलेपनि यूनियनको जिल्ला अधिवेशन हुन सकेको छैन्।
जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी बताउँछन्।

बाँके जिल्लाको अधिवेशन कहिले हुन्छ भनेर अध्यक्ष शाहलाई बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन्। यूनियनका सचिव अर्जुन ओलीले भने ‘अध्यक्षकै कारण यसअघि अधिवेशन ढिलाई भएपनि अब भदौभित्रै गरिनेछ।

बाँकेको यूनियन अधिवेशनमा अध्यक्ष पदका लागि अर्जुन ओली, नविन गिरी, चेतकान्त भट्टराईले तयारी गरेको चर्चा आइरहेको छ तर, यूनियनका उपमहासचिव प्रेम केसी, केन्द्रीय सदस्य जयसिंह केसी लगायतका अग्रज नेताहरु आफू अनुकुलको व्यक्तिलाई अध्यक्ष बनाउँने रणनीतिमा लागिरहेको खुलासा भएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...