News Portal

रुकुमबाट नेपालगञ्जका लागी छुटेको बस दुर्घटना हुदा ३ को मृत्यु

हिमाली संचार संवाददाता
१००० पटक

सुर्खेत, ११ भदौ : पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस दुर्घटना भएको छ। मंगलवार साझ ५ बजे राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

बिहान करीब ३ बजेतिर गाडीको ब्रेक फेल भएर सुखेतको हर्रे र बबईको बिचमा एमाले मोड नजिकै दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार हालसम्म ३ जनाको शव निकालिएको २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी पठाएको जनाएको छ।

हामीलाई जानकारी भएअनुसार हालसम्म ३ जनाको मात्र सब फेला पारेको र सनाखत हुन बाँकीरहेको जानकारी दिए। बस चालक सहित ४ बच्च, ८ जना महिला पुरुष १३ जना जम्मा २५ जना घाईते भएको ट्राफिक प्रहरीको भनाइ छ।

राडीबाट ९ जना, कालिमाटिबाट ७ जना, मटेलाबाट ४ जना यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ। २५ जना नेपालगञ्ज पठाएको अन्य कतिजनाको ज्यान गएको भन्ने एकीन नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु, प्रहरी कार्यालय बबई र हर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी रहेकाे बताईएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...