News Portal

रुकुमबाट नेपालगञ्जका लागी छुटेको बस दुर्घटना हुदा ३ को मृत्यु

हिमाली संचार संवाददाता
१०३९ पटक

सुर्खेत, ११ भदौ : पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस दुर्घटना भएको छ। मंगलवार साझ ५ बजे राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

बिहान करीब ३ बजेतिर गाडीको ब्रेक फेल भएर सुखेतको हर्रे र बबईको बिचमा एमाले मोड नजिकै दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार हालसम्म ३ जनाको शव निकालिएको २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी पठाएको जनाएको छ।

हामीलाई जानकारी भएअनुसार हालसम्म ३ जनाको मात्र सब फेला पारेको र सनाखत हुन बाँकीरहेको जानकारी दिए। बस चालक सहित ४ बच्च, ८ जना महिला पुरुष १३ जना जम्मा २५ जना घाईते भएको ट्राफिक प्रहरीको भनाइ छ।

राडीबाट ९ जना, कालिमाटिबाट ७ जना, मटेलाबाट ४ जना यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ। २५ जना नेपालगञ्ज पठाएको अन्य कतिजनाको ज्यान गएको भन्ने एकीन नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु, प्रहरी कार्यालय बबई र हर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी रहेकाे बताईएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...