News Portal

खुल्ला राष्ट्रिय हाफ म्याराथुन बिजेता धाविका चन्दलाई सम्मान तथा पुरस्कार

हिमाली संचार संवाददाता
११०३ पटक

कर्ण अधिकारी/काठमाण्डौ, १० भदौ : दिब्य ज्वति कलव फाटियाद्वारा आयोजित पाँचौ गौरा पर्व भब्यताको साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिभिन्न खेलहरू खेलाईनुका साथै मनोरञ्जन र सामाजिक संस्कार रीतिरीवाज र परम्परालाई संरक्षण गर्नका लागि नाचगान समेत गरीएको थियो।

कार्यक्रममा बिजेता खेलाडीहरू साथै धाविका रेखा चन्दलाई सम्मान तथा पुरस्कार बितरण गरीएको थियो। रेखा चन्दले खुल्ला राष्ट्रिय हाफ म्याराथुनमा पहिलो स्थान हासिल गरेकी थिईन्।

उक्त पुरस्कार बितरण कार्यक्रमका संयोजक पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त बिदेशी भूमि मकाउबाट उक्त कार्यक्रममा पुगि चन्दलाई दोसल्ला ओढाएर ट्रयाक सुट र नगद २६ हजार ३ सय हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद एवं संबिधान सभाका सदस्य दिवान सिंह बिष्ट,बिशेष अतिथि बेलौरी १ का वडाध्यक्ष रतन शाही लगायत बिभिन्न राजनितिक दलका नेताहरू साथै हजारौ स्थानीयहरूको उपस्थिति रहेको थियो। उक्त पुरस्कारको राशी बिदेशी भूमिमा रहेका स्थानीयहरूको पहलमा संकलन गरीएको थियो।

धाविका चन्दले बेलौरीका नाम राख्न सफल भएकोमा खुशी ब्यक्त गर्दै आउँदा दिनहरूमा देशकै नाम राख्न सक्ने छिन भन्नेमा पूर्ण बिश्वास गर्छन पदम सिंह पन्त। कार्यक्रमको ब्यबस्थापन बिक्रम चन्दले गरेका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...