News Portal

सल्यानमा ९२ प्रतिशत धान रोपाई

हिमाली संचार संवाददाता
६९८ पटक

इन्द्र बुढाथोकी/सल्यान, १० भदौ : सल्यानमा हालसम्म ९२ प्रतिशत धान रोपाई भएको छ। यस वर्ष प्रयाप्त मात्रामा वर्षा नहुँदा सल्यानमा ९२ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ।

सिचाई सुविधा नहुनु, भएका सिचाई कुलोहरु पनि सडक खन्ने नाममा पुरिनु, कच्ची कुलो हुनु, प्रयाप्त वर्षा नहुनु लगायतका कारण सल्यानमा ९२ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले बताए। उनका अनुसार ८ प्रतिशत अझै रोपाई हुन बाँकी रहेको छ।

भदौंको दोस्रो साता लागि सकेकाले अव धान रोपाई नहुने समेत बताए। आकासे पानीको भरमा खेती गरिने खेतहरु बाँझो रहेको बस्नेतको भनाई रहेको छ।

जिल्लाको पश्चिम क्षेत्रमा धान रोपाई कम भएको पाइएको छ। सल्यानको शारदा फाँट, मर्म ज्यूला पछिको बनगाड ज्युला धान उत्पादनको पकेट क्षेत्रमा रुपमा रहेका छन्। अन्य क्षेत्रमा धान रोपाई सकिएपनि पश्चिम बनगाड क्षेत्रमा रोपाई नसकिएको बस्नेतको भनाई छ। जिल्लाभर झन्डै ८ सय रोपनीमा धान खेतीमा रोपाइँ हुन नसकेको उनले बताए।

प्रयाप्त मात्रामा वर्षा नहुँदा रोपिएको ठाउँमा समेत धान राम्रो नभएको कार्यालयले जनाएको छ। वर्षा नहुँदा बनगाड कुपिन्डे नगरपालिका वडा न १ नाम्रामा मात्रै करिब ६ सय रोपनी भन्दा बढि जमिन बाँझो भएको स्थानीय कृषक विरवल पोखरेलले बताए।

धानको व्याड राखेको दुई महिनासम्म पनि पानी नपर्दा व्याड सुकेको उनले बताए। उनले भने ५६ घरधुरी रहेको गाउँमा अनुमानित ८ सय रोपनी जग्गा होला। त्यसमा ६ सय रोपनी खेतीयोग्य जमिन बाँझो रहेको छ।

नगरपाकिाको वडा न ३ स्थित कालिखोलाको बाझ बाट ल्याएको ५ किलोमिटर टाढाबाट कच्ची कुलोबाट खेतसम्म पानी आईनपुग्ने कृषक गोपिलाल आचार्यले बताए। धान लगाउने खेतमा पानी नपरेपछि मकै लगाउन बाध्य भएको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...