News Portal

क्यान्सर पीडित उप्रेतीलाई माउण्ट एभरेष्टको आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४६२ पटक

झापा, ७ भदौ : माउण्ट एभरेष्ट सेवा समाज नेपालले झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय क्यान्सर रोगबाट पीडित चानक उप्रेतीलाई आर्थिक सहयोग गरेको छ। विगत ४ बर्षदेखि क्यान्सर रोगबाट थलिएका उप्रेतीलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले नगद ३७ हजार रुपैंया सहयोग गरेको हो।

उक्त रकम संस्थाकी सहकोषाध्यक्ष प्रमिला भेटवाल लगायत संस्थाका प्रतिनिधीहरुले चानक र उनकी श्रीमती अम्बिकादेवी उप्रेतीलाई हस्तान्तरण गरेका छन्। सहयोग रकम पाएपछि क्यान्सर पीडित चानक र उनी श्रीमतीलाई माउण्ट एभरेष्ट सेवा समाजलाई धन्यवाद तथा आभार प्रकट गरे।

समाजले सामाजिक संजाल फेसबुकबाटै संकलित ३७ हजार रुपैँया उप्रेतीको घरमा पुगि बिरामी उप्रेती तथा उहाकी श्रीमती अम्बिकादेवि ओली उप्रेतीलाई हस्तान्तरण गरेको हो। संस्थाकी कोषाध्यक्ष प्रमिला भेट्वाल लगायातको टिम उप्रेतीको घर सुरुङ्गामा पुगेको थियो।

रकम हस्तानतरण कार्यक्रममा वोल्दै कोषाध्यक्ष भेट्वालले थोरै भएपनि विरामी उप्रेतीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन। सामाजिक संजालको दुरुपयोग भैरहेको वेलामा हामीले सहि सदुपयोग गर्ने कोशिष गरिरहेका छौ भेट्वालले भनिन्। कार्यक्रममा संस्थाका प्रतिनिधीहरु सुसान प्रसाइ, एससिआर राई, कला लिम्बु, बिना गुरुङ शुजता, कल्पना लिम्बु लगायतको सहभागिता रहेको थियो।

सामाजिक संजालबाटै २०७४ सालमा स्थापना स्थापना भएसकेको यस संस्थाले दैविक प्रकोप, शैक्षिक क्षेत्र, अनाथ आश्रम विरामी अवस्थाका नेपालीहरुका लागि आर्थिक सहयोग गर्ने देशका विभिन्न संघ संस्थालाई समेत आर्थिक सहयोग पुर्याउदै आएको संस्थाका अध्यक्ष इन्द्रबहादुर कटुवालले बताए। उनले माउण्ट एभरेष्टको गतिबिधीमा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गरेका छन्।

संस्थाले काठमाण्डौ मुलपानीस्थित कलाकार सुलेमान .शंकरद्धारा संचालित स्नेह वाल आश्रमलाई ५१ हजार रुपैँयाको लत्ताकपडा तथा स्टेशनरी सहयोग गरेको छ। यसैगरि काभ्रेका मृगौला बिरामी जितमान तामाङ्गलाई २१ हजार नगद सहयोग कतारमा बन्दी बनाएर राखिएका विनोद रानाभाटलाई स्वदेश फर्काउन ६१ हजार लगायातको सहयोग पुर्याएको संस्थाका सल्लाहाकार तथा साउदी अबर अध्यक्ष देबेन्द्र बुढाथोकीले बताए।

नेपाल बैँकको सुरुङ्गा साखामा राम्रै पोष्टमा काम गर्दै आएका चानक आफु बिरामी भएपछि भएको जागिर मात्रै गुमाएनन्, हालसम्म उपचारका लागि ७० लाख रुपैँया खर्च गरिसकेका छन्। हाल आफ्नो स्वास्थ्यमा सुधार भैसकेको भएपनि अव कम्तीमा २० लाख रुपैँया भएमा आफु पुरा जिवन वाच्ने आशा भएको उप्रेतीले बताउनुभयो।

अव मलाई खाद्य नलिको क्यान्सरका लागि केमु चडाउनु पर्छ। भारतको डिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका उप्रेतीले भन्नुभयो आजसम्म आफ्नो भएभरको जाय जेथा वेचेर तथा आफन्तसग ऋण तथा सहयोग गरेर उपचार गराए अव चाहि मलाई देश विदेशमा रहनुहुने नेपालीले सहयोग गरिदिए हुनेथियो।

एक छोरा र श्रीमती अम्बिकाका साथमा सुरुङ्गामा रहदै आएका उप्रेतीले आफ्नो उपचारका लागि आर्थिक सहयोगका लागि सबैसग अनुरोध गरेका छन्। आजसम्म आईपुग्दा यतिको खर्चभयो अव वाँच्छुभने लागेको छ उप्रेतीले भने।

कम्तीमा अव केहि उपचार पाए वाँच्नेथियो यतिको रकम खर्चभैपनि सक्यो आफुसग उपचारका लागि थप रकम छैन। यता उप्रेतीकी श्रीमती अम्बिका देवि ओलीले केहि आफ्ना बन्धुका नेताकोमा जादा बरु झुण्डिएर मर्नुनी बरु भन्ने कटु वचन पाएको दुखेसो पोखिन्।

उप्रेतीलाई सहयोग गर्ने चाहना हुनेले नेपाल बैँकको सुरुङ्गा शाखामा रहेको अम्बिकादेवि ओलीको नाममा रहेको १४७०१५०६२१५९२१०००००१ नम्बरको खातामा रकम जम्मा गरिदिन वा मोवाइल नम्बर ९८४२६३४५८९ मा सम्पर्क राखिदिन समेत अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...