News Portal

मधेसको असन्तुष्टि सम्बोधन गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

हिमाली संचार संवाददाता
६४४ पटक

काठमाडौं, ७ भदौ : पूर्व राष्ट्रपति डा.रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने चाहेको बताए।

उनले भने, ‘त्यसो हुन सकेन । तर म खुसी छु कि सबैले चुनावमा भाग लिए र सबै साथमा हिँडिरहेका छन्। यद्यपि तत्कालीन तीन दल कांग्रेस, एमाले र माओवादीले सम्बोधन गर्ने बाचा गरेको भन्दै उनले नेकपा र कांग्रेसको ध्यानाकर्षण गराए।

उनले दलहरुले सत्तालाई प्राथमिकता दिँदा पहिलो संविधानसभाले संविधान बनाउन नसकेको सुनाए। साथै केही केही राष्ट्रिय र केही अदृश्य शक्तिहरु सुरुदेखि नै संविधानसभा भंग होस् भनेर लागेको भन्दै कसरी संविधानसभा भंग भयो भन्ने कुनै दिन किताबमा लेख्ने बताए।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...