News Portal

कम्युनिस्ट सरकारले न हाँस्न दियो न रुन : कांग्रेस सभापति देउवा

हिमाली संचार संवाददाता
७७७ पटक

नन्दराम जैसी सुर्खेत, ६ भदौ : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने ठोकुवा गरेका छन्। दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको भन्दै उनले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने बताए।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापनमा शुक्रबार सुर्खेत पुगेका देउवाले यस्तो बताएका हुन्। उनले वर्तमान कम्युनिस्ट सरकार राणा शासनको भन्दा अधिनायकवादी बनेको तर्क गरेका छन् ।

‘२००७ सालबाट जनताको हीतका लागि लड्दैआएको कांग्रेसले नेपालमा राणा शासनदेखि पञ्चायत हुँदै राज्य व्यवस्था हटायो तर जनताको विश्वास गुमाइसकेका नेपालका कम्युनिस्ट हटाउन धेरै कुर्नुपर्ने छैन। वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उनको आरोप छ।

‘वर्तमान कम्युनिस्ट सरकारले जनतालाई स्वतन्त्रपूर्वक बोल्न र लेख्न पनि दिएको छैन, भष्टाचार, हिंसाजस्ता ठूला अपराधमा मुछिँदैआएको छ। अब कांग्रेसको अन्तिम लडाईँ भनेकै नेपालमा कम्युनिस्ट शासनको अन्त्य गर्नु हो,’ देउवाले भने।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका दर्जनौँ केन्द्रीय शिर्ष नेतादेखि कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधि लगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...