News Portal

भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिम

हिमाली संचार संवाददाता
५८९ पटक

काठमाडौं – भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिममा परेको सडक मर्मत सम्भारको काम भै रहेको छ । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा सडक भासिँदा चार घर उच्च र एक घर सामान्य जोखिममा परेको थियो ।

माथिबाठ सडक भासिँदा एक घरको त पर्खालमै पहिरो पुगेको छ । सोमबार रातिको वर्षाले सडक भासिएको हो । अहिले सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

जोखिम नियनत्रणका लागि के गर्न सकिन्छ स्थनिय र सम्बन्धित निकाय मर्मत सम्भारका काम गरिरहेका छ्न ।

जनताको सेवाको लागि खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातारको पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेको हो । तर स्थानियले जोखिम टारदिन र खानीपानी ट्याङकी बनाउन अनुरोध गरेका छन । ठेकेदार कम्पनीले मर्तम सम्भार गर्ने र बिवाद भन्दा नि समाधानको पाटाेमा एक हुनु पर्ने बताएका छन ।

वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गतसाल देखि नै उक्तस्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काले बताए ।

जोखिममा परेका पाँच घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मनिस ढुंङगेलका अनुसार त्याहा क्षति भएको सङरचना बनाउने काम भैरहेको र लागत स्टेमेट तयार भै रहेको छ । स्थानीय कै माग बमोजिम त्याहा खानेपानी ट्याङ्की निर्माण गरिएको हो । यद्यपि पानी झरी र पहिरोले दुख दिएपछि पहिलेको सङरचना र बाटोलाई अझ मजबुत बनाउन थालिएको छ । जसकारण स्थानियले पहिले जस्तै सडक नभत्किने बिश्वास लिएका छन ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...