News Portal

भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिम

हिमाली संचार संवाददाता
६३५ पटक

काठमाडौं – भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिममा परेको सडक मर्मत सम्भारको काम भै रहेको छ । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा सडक भासिँदा चार घर उच्च र एक घर सामान्य जोखिममा परेको थियो ।

माथिबाठ सडक भासिँदा एक घरको त पर्खालमै पहिरो पुगेको छ । सोमबार रातिको वर्षाले सडक भासिएको हो । अहिले सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

जोखिम नियनत्रणका लागि के गर्न सकिन्छ स्थनिय र सम्बन्धित निकाय मर्मत सम्भारका काम गरिरहेका छ्न ।

जनताको सेवाको लागि खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातारको पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेको हो । तर स्थानियले जोखिम टारदिन र खानीपानी ट्याङकी बनाउन अनुरोध गरेका छन । ठेकेदार कम्पनीले मर्तम सम्भार गर्ने र बिवाद भन्दा नि समाधानको पाटाेमा एक हुनु पर्ने बताएका छन ।

वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गतसाल देखि नै उक्तस्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काले बताए ।

जोखिममा परेका पाँच घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मनिस ढुंङगेलका अनुसार त्याहा क्षति भएको सङरचना बनाउने काम भैरहेको र लागत स्टेमेट तयार भै रहेको छ । स्थानीय कै माग बमोजिम त्याहा खानेपानी ट्याङ्की निर्माण गरिएको हो । यद्यपि पानी झरी र पहिरोले दुख दिएपछि पहिलेको सङरचना र बाटोलाई अझ मजबुत बनाउन थालिएको छ । जसकारण स्थानियले पहिले जस्तै सडक नभत्किने बिश्वास लिएका छन ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...