News Portal

  • आमताेलाका महिलाहरुले यसरी सामुहिक तीजको दर खाए

    हिमाली संचार संवाददाता
    ६८५ पटक

    रबिन्द्र बराल/भदौ ५, बिहीबार : माेरङकाे रंगेली नगरपालिका ४ मा रहेको काेलस्टाेरकाे प्राङ्गणमा महिलाहरुले पनि तिज नजिकै जाँदा सामुहिक दर खाएर र नाचगान गरेर तिज मनाएका हुन। विभिन्न कार्यक्रमकाे आयाेजना गरि महिलाहरुले हरितालीका तिज मनाउन सुरु गरेका छन ।

    नेपाली महिला दिदीबहिनीहरुले प्रत्येक बर्षकाे भदौ शुक्ल तृतीयाका दिन उपवास गर्ने दिन भएकोले अहिले महिलाहरुले एक महिना अगाडि देखि दर खाने चलन समेत रहेको छ। नगरालिकाका भित्रका महिलाहरुको सहभागीत रहेको थियो।

    उक्त कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका उपमेयर केशव कुमारी खरालले बिधिवत रुपमा मैनबत्ति बालेर उद्घाटन गरेका थिए। कार्यक्रममा उषा झा, पुनम सापकोटा, भुमा पराजुली, स्थानीय वृद्धाहरुकाे समेत उपस्थिति रहेको थियोे।

    उपस्थित महिलाहरुले भने तिजमा दिदिबहिनीहरु माईती जाने गर्नाले संगै सबैजना एक भई तिज मनाउन नपाईने हुदा र आपसी सदभाव कायम राख्नेे हुनाले कार्यक्रम आयोजना गरीएको बताए। आमताेलामा रहेको सृजनशिल विकास समूह र समाज सेवा युवा क्लवकाे सहयोगमा उक्त कार्यक्रम गरिएको थियोे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...