News Portal

आमताेलाका महिलाहरुले यसरी सामुहिक तीजको दर खाए

हिमाली संचार संवाददाता
७६४ पटक

रबिन्द्र बराल/भदौ ५, बिहीबार : माेरङकाे रंगेली नगरपालिका ४ मा रहेको काेलस्टाेरकाे प्राङ्गणमा महिलाहरुले पनि तिज नजिकै जाँदा सामुहिक दर खाएर र नाचगान गरेर तिज मनाएका हुन। विभिन्न कार्यक्रमकाे आयाेजना गरि महिलाहरुले हरितालीका तिज मनाउन सुरु गरेका छन ।

नेपाली महिला दिदीबहिनीहरुले प्रत्येक बर्षकाे भदौ शुक्ल तृतीयाका दिन उपवास गर्ने दिन भएकोले अहिले महिलाहरुले एक महिना अगाडि देखि दर खाने चलन समेत रहेको छ। नगरालिकाका भित्रका महिलाहरुको सहभागीत रहेको थियो।

उक्त कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका उपमेयर केशव कुमारी खरालले बिधिवत रुपमा मैनबत्ति बालेर उद्घाटन गरेका थिए। कार्यक्रममा उषा झा, पुनम सापकोटा, भुमा पराजुली, स्थानीय वृद्धाहरुकाे समेत उपस्थिति रहेको थियोे।

उपस्थित महिलाहरुले भने तिजमा दिदिबहिनीहरु माईती जाने गर्नाले संगै सबैजना एक भई तिज मनाउन नपाईने हुदा र आपसी सदभाव कायम राख्नेे हुनाले कार्यक्रम आयोजना गरीएको बताए। आमताेलामा रहेको सृजनशिल विकास समूह र समाज सेवा युवा क्लवकाे सहयोगमा उक्त कार्यक्रम गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...