News Portal

  • घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति

    हिमाली संचार संवाददाता
    ६४५ पटक

    काठमाडौं, ५ भदौ : अब घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन्। घरेलु कामदरका रुपमा प्रायः जसो नेपालबाट महिलाहरु नै विदेश पुग्छन्। बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले केही शर्त पुरा गर्ने घरेलु कामदारलाई नेपाल आएर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो।

    तर, नयाँ घरेलु महिला कामदारमाथिको रोक भने कायमै रहनेछ। समिति सदस्य तथा कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ले मालिक तथा रोजगारदाताबाट सम्बन्धित महिला कामदारले ‘सुरक्षित’ रहेको स्वघोषणा पत्र र सोही देशको दूतावासले पनि श्रम इजाजत नवीकरण गर्न सकिने ब्यहोरा जानकारी गराएको अवस्थामा श्रम इजाजत नवीकरण गर्न दिने गरी निर्णय गरेको जानकारी दिए।

    हालसम्म संसदीय समितिको निर्देशनकै कारण महिला घरेलु कामदारलाई विदेश जान प्रतिवन्ध लागेको छ। अब विदेशमा घरेलु महिला कामदारका रुपमा गएर फर्किनेले पनि तोएकिो कागजात र प्रक्रिया पुरा गरे सरकारबाट पुनः श्रम स्वीकृति पाउने रसाइलीले बताए।

    यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि घरेलु कामदारलाई रोक्ने संसदीय समितिको निर्णय ‘औचित्यहीन’ भएको जनाएको थियो।

    ३ वर्षअघि तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकमा घरेलु कामदारसम्बन्धी ठोस कानून नबन्दा वा नेपालले सो देशसँग श्रम सम्झौता नगर्दासम्म घरेलु कामदार पठाउन बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो।

    यसपछि नयाँ घरेलु कामदार जान र काम गरेर विदेशबाट फर्किएपछि पुनः सोही रोजगारदाताकोमा काम गर्न जान पनि रोक लगाइएको थियो। यो व्यवस्थाका कारण राम्रो रोजगारी माया मार्न नसकेर करिब डेढ लाख महिला घरेलु कामदार स्वदेश फर्किन नपाएको अनुमान छ।

    यसका कारण विदशेमै नेपाली घरेलु कामदार बन्दी जस्तो जीवन बिताइरहेका थिए। अब समितिले सरकारलाई निर्देशन दिएपछि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई घरेलु कामदारको पुनः श्रम स्वीकृति खोल्न निर्देशन दिनेछ। त्यसलगत्तै काम छोड्न नचाहेका नेपाली घरेलु कामदार नेपाल फर्किन पाउनेछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...