News Portal

सल्यान र रुकुम पश्चिमका ५९ उमाविको कामकाज अझै प्रदेश ५ बाटै सञ्चालन

हिमाली संचार संवाददाता
६३५ पटक

दुर्गा वि.सी./सल्यान,४ भाद्र : सल्यान र रुकुम पश्चिमका सामुदायीक विद्यालयको कामकाज अहिले पनि राष्ट्रिय परिक्षा वोर्ड दाङले हेरिरहेको छ। देश अन्य क्षेत्रमा वोर्डले प्रदेश अनुसार कामकाज सञ्चालन गरेता पनि सल्यान र रुकुम पश्चिमका पल्स टु विद्यालयहरु हरेक कामकाजको लागि सुर्खेत नभई दाङ घोराही जानुपर्ने वाध्यता छ ।

करडौ रजिष्टे«शन र परिक्षा राजश्व समेत ५ नं. प्रदेशमा जाने गरेको छ। सल्यान र रुकुम पश्चिमका राजनैतिक नेताहरुको समेत यस तर्फ ध्यान तथा दवाव पुग्न नसकेको विद्यालयहरुले जनाउने गरेका छन् ।

पायक पर्नेलाई दाङ नै पारिदिए पनि संघियातको मर्मअनुरुप कुपाएक पर्ने उमाविहरुको कामकाज आफ्नै प्रदेशबाट सञ्चालन गर्ने निर्णय गरिदिए राम्रो हुने कुरा शितल मावि चौहरजारीका प्रधानाध्यापक यदु रानाले वताउँनु भयो । त्यसै गरि प्रभाकर मावि देवस्थलका शिखर कुमार यरीका अनुसार पुरानै ढर्राबाट राष्ट्रिय परिक्षा वोर्ड सञ्चालन भएको दुखेसो पोख्नु भयो ।

देश संघियतामा पुगे पनि अझै राप्ती अञ्चलबाटै कामकाज हुनु भनेको दुखद कुरा हो । हाम्रो दवाव नपुगेर हो कि यात सल्यानका वहुमत विद्यालयहरुको पाएक दाङतिरै परकोले हो । हाम्रा नेतृत्व कर्ताको समेत ध्यान त्यता पुग्न नसकेको यरिको दुखेसो ।

देशका सवै क्षेत्रमा वोर्डको प्रदेश अनुसार कामकाज सञ्चालन भैरहेको छ भने सल्यान र रुकुम पश्चिमलाका उमाविहरुको वोर्डको कामकाज दाङबाट सञ्चालनले समस्या वनाएको त्रिभुवन जनता माविका प्र.अ. गुमान सिं विष्टको भनाई छ ।

सल्यानका २५ र रुकुम पश्चिमका ३४ गरि ५९ वटा विद्यालयहरु यो शैक्षिक सत्रमा ५ नं प्रदेशको दाङ घोराही कामकाजका लागि धाईरहेको देखिन्छ। राष्ट्रिय परिक्षा वोर्ड दाङले भने अर्को सुचना नआए सम्म उक्त जिल्लाको कामकाज यहि कार्यालयबाट सञ्चालन हुने जनाएको छ ।

६ नं. प्रदेशका ५९ वटा उमाविलाई संघियाताले नछोएको अभिभावकको दुखेसो छ। सवै विद्यालयहरुको नभए पनि पाएक पर्ने स्थानका विद्यालयहरुको कामकाज आफ्नै प्रदशेबाट सञ्चालन गरिदिए पनि राम्रै हुने विद्यालयहरुको दुखेसो।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...