News Portal

सल्यान र रुकुम पश्चिमका ५९ उमाविको कामकाज अझै प्रदेश ५ बाटै सञ्चालन

हिमाली संचार संवाददाता
६८६ पटक

दुर्गा वि.सी./सल्यान,४ भाद्र : सल्यान र रुकुम पश्चिमका सामुदायीक विद्यालयको कामकाज अहिले पनि राष्ट्रिय परिक्षा वोर्ड दाङले हेरिरहेको छ। देश अन्य क्षेत्रमा वोर्डले प्रदेश अनुसार कामकाज सञ्चालन गरेता पनि सल्यान र रुकुम पश्चिमका पल्स टु विद्यालयहरु हरेक कामकाजको लागि सुर्खेत नभई दाङ घोराही जानुपर्ने वाध्यता छ ।

करडौ रजिष्टे«शन र परिक्षा राजश्व समेत ५ नं. प्रदेशमा जाने गरेको छ। सल्यान र रुकुम पश्चिमका राजनैतिक नेताहरुको समेत यस तर्फ ध्यान तथा दवाव पुग्न नसकेको विद्यालयहरुले जनाउने गरेका छन् ।

पायक पर्नेलाई दाङ नै पारिदिए पनि संघियातको मर्मअनुरुप कुपाएक पर्ने उमाविहरुको कामकाज आफ्नै प्रदेशबाट सञ्चालन गर्ने निर्णय गरिदिए राम्रो हुने कुरा शितल मावि चौहरजारीका प्रधानाध्यापक यदु रानाले वताउँनु भयो । त्यसै गरि प्रभाकर मावि देवस्थलका शिखर कुमार यरीका अनुसार पुरानै ढर्राबाट राष्ट्रिय परिक्षा वोर्ड सञ्चालन भएको दुखेसो पोख्नु भयो ।

देश संघियतामा पुगे पनि अझै राप्ती अञ्चलबाटै कामकाज हुनु भनेको दुखद कुरा हो । हाम्रो दवाव नपुगेर हो कि यात सल्यानका वहुमत विद्यालयहरुको पाएक दाङतिरै परकोले हो । हाम्रा नेतृत्व कर्ताको समेत ध्यान त्यता पुग्न नसकेको यरिको दुखेसो ।

देशका सवै क्षेत्रमा वोर्डको प्रदेश अनुसार कामकाज सञ्चालन भैरहेको छ भने सल्यान र रुकुम पश्चिमलाका उमाविहरुको वोर्डको कामकाज दाङबाट सञ्चालनले समस्या वनाएको त्रिभुवन जनता माविका प्र.अ. गुमान सिं विष्टको भनाई छ ।

सल्यानका २५ र रुकुम पश्चिमका ३४ गरि ५९ वटा विद्यालयहरु यो शैक्षिक सत्रमा ५ नं प्रदेशको दाङ घोराही कामकाजका लागि धाईरहेको देखिन्छ। राष्ट्रिय परिक्षा वोर्ड दाङले भने अर्को सुचना नआए सम्म उक्त जिल्लाको कामकाज यहि कार्यालयबाट सञ्चालन हुने जनाएको छ ।

६ नं. प्रदेशका ५९ वटा उमाविलाई संघियाताले नछोएको अभिभावकको दुखेसो छ। सवै विद्यालयहरुको नभए पनि पाएक पर्ने स्थानका विद्यालयहरुको कामकाज आफ्नै प्रदशेबाट सञ्चालन गरिदिए पनि राम्रै हुने विद्यालयहरुको दुखेसो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...