News Portal

सिम्ता गाउँपालिकाका २ इञ्जिनियरसहित ५ जना विरुद्व अख्तियारले मुद्वा दायर गर्यो

हिमाली संचार संवाददाता
१०५९ पटक

सुर्खेत, ४ भदौ : सुर्खेतको सिम्ता गाउँपालिकाका सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविन शर्मा, देउली सिर्पा’काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवान सिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्द सिंह ठकुरीविरुद्ध दायर गरेको हाे।

उनीहरुले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

गलत प्रतिवेदन पेश ४ लाख ५६ हजार बढी भुक्तानी दिई भ्रष्टाचार गरेका अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनीहरु विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित मुद्दा दायर गरिएको छ।

उनीहरुले सडक निर्माणको गलत इष्टिमेट र सम्झौता बमोजिम ११६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्ने  नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाएका थिए। अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...