आज : २०२६-०७-०१, बुधबार

कुरकुरे उद्योगमा आगलागी उद्योग पूर्ण रुपमा क्षेती

ललितपुर — गोदावारी नगरपालिका-१३ स्थित गुराय फुडमा आगलागी भएको छ । आगलागीका कारण उद्योग पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ११ बजे लागेको आगो दिउँसो ४ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत चापागाउँका डीएसपी रामकृष्ण सापकोटाले जानकारी दिए।

उद्योगले कुरकुरे उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ।