News Portal

प्रहरीले १० दिन समय माग गरेपनि अदालतले ५ दिन मात्रै दियो

हिमाली संचार संवाददाता
५८९ पटक

चितवन : अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो। आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।

साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरु बिहीबार राति काठमाडौंमा समातिएका थिए । यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो ।

त्यो दिन पनि पाँच दिनको म्याद पाएको थियो । जुन म्याद सोमबार सकिएको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो ।

१० दिन म्याद थपको माग गरे पनि पाँच दिनमात्रै थप भएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...