News Portal

ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनायो : विमलेन्द्र निधि

हिमाली संचार संवाददाता
५२६ पटक

बुटवल – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले  प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् । नेता निधिले संविधान र संघीय मर्मअनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश सरकार कमजोर भएको बताए । केन्द्र सरकारका कारण सातै प्रदेशका मुख्यमन्त्रीलाई निरिह बनाउने काम सरकारले गरेको उनको दाबी छ ।

सरकार संविधान र संघीय मर्मअनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताउँदै उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संविधान र संघीयता धरापमा परेको आरोप लगाए ।  पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निर्मला हत्या प्रकरण रेकडेट इस्सु भएको समेत दाबी गरे ।

नेता निधिले काँगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दावी गर्दै पार्टी संविधान र संघीयताको पक्षमा रहेको बताए । राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुर्याउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा सो पार्टीले प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...