News Portal

कांग्रेस सभापति देउवाले पठाए रविलाई यस्तो संदेश

हिमाली संचार संवाददाता
११७१ पटक

काठमाडौं, २ भदौ : न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन्। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका पत्रकार लामिछानेको पक्ष र विपक्षमा जनता उर्लिरहेका छन्।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग भन्दै नेता दिलेन्द्र प्रसाद बडुलाई भेट्न पठाएका छन्। स्रोतकाअनुसार सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएका थिए।

रिपोर्टर्सनेपालका अनुसार देउवाले पठाएको पत्र नेता बडुले पत्रकार लामिछानेलाई प्रेषित गरेका थिए। पत्रमा लामिछानेलाई सहयोग गर्ने वचनबद्धता रहेको बुझिएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई नेता बडुले शनिबार भेट गरेका थिए।

लामिछानेलाई भेट गरेर निस्किएका नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका थिए। यस्तै, भेटमा लामिछानेले निष्पक्ष छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको पनि नेता बडुले उल्लेख गरेका थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...