News Portal

  • विदेशी भूमिमा नेपाली कलाले चिनाउदैं प्रतिभावान कलाकार ‘निश्चल’

    हिमाली संचार संवाददाता
    ६४१ पटक

    काठमाडौं : चाहना, संघर्षता र सफलता एकअर्कासँग जोडिएका शब्दहरु हुन्। व्यक्तिले चाहना गर्नुपर्छ लगभग लगभग पुग्छ तर त्यहाँ बीचमा संघर्षको कमि भने किमार्थ हुनु हुन्न। देख्नेका मात्र सपना पुरा हुन्छन् भन्छन् नि, सायद त्यस्तै होला। हुन पनि, सपनै नदेख्ने हो भने कसरी पुरा होस्। यतिबेला हामी मोरङ उर्लाबारीका निश्चल नेपालको प्रशंग जोड्दैछौं। जसको सानै देखिको सपना नेपाली कला, संगीत र संस्कृतिसँग जोडिएको थियो।

    वि.सं. २०४० मा निश्चलको जन्म हुँदैगर्दा बाबुआमाको सपना छोरा भविष्यमा परिचित पात्र बनोस् भन्ने थियो । मोरङको इटहरा, सामान्य गाउँले वातावरण, जहाँ निश्चलले आफ्नो अमूल्य वाल्यकाल विताएका थिए । अध्ययनको क्रममा उनी मोरङकै उर्लाबारी पुगे।

    स्थानीय पशुपति अंग्रेजी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका निश्चिलले बि.एस.सी, एम.बी.एस सम्मको अध्ययन सके । यतिबेला उनी क्यानेडामा बस्छन् । तर विदेशी भूमिमा रहँदा पनि उनले नेपाली कला, संगीत, संस्कृति र अभिनयको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।

    भविष्यमा ठूलो कलाकार बन्ने, निश्चिलको सानैदेखिको सपना थियो। विद्यालय तह अध्ययनका क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा गायन तथा अभिनयमा भाग लिन्थे र उत्कृष्ट प्रदर्शनी राख्थे। आफ्नो अभिनय क्षमता र गायन क्षमताकै कारण सबैको प्रशंसाको पात्र बन्न सफल भएका निश्चलको अधिकांश समय गीत गुन्गुनाउँदै वित्थ्यो ।

    साथीहरुसँग खेल्ने समयलाई थोरै कटौती गरेर उनी चोकको फलैंचामा गीत गाउन पुग्थे, जहाँ उनको प्रतिक्षामा ठूलो समुह बसिरहेको हुन्थ्यो। उमेर बढ्दै जाँदा निश्चल अभिनय क्षेत्रमा सकृय हुन थाले। विशेषगरी गाउँघरमा चल्ने सडक नाटकहरुमा मुख्य कलाकारको भूमिकामा देखिन थाले।

    स्कुल तथा कलेज अध्ययनका क्रममा त्यस आसपास हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउनु र पुरस्कार प्राप्त गर्नु उनकालागि सामन्य बनिसकेको थियो। परिवारका अन्य सदस्यहरु पनि अभिनयको क्षेत्रमा हुनुले निश्चिलको चाहनाहरु सहज ढंगले पुरा हुन्थे।

    ‘चितामा जन्मेको छोरो’, ‘कात्रो ओढेका मलामीहरु’, ‘तिरस्कार’ लगायत दर्जन बढी नाटकहरुमा मुख्य र महत्वपूर्ण भूमिकामा अभिनय गरेका उनी विदेशी भूमिमा पनि त्यसलाई निरन्तरता दिँदैछन्। यतिबेला उनी बिगत ६ वर्षदेखि क्यानेडा छन् तर विदेशी भूमिमा रहेर पनि निश्चिलले आफ्नो कला, संस्कृति, रीतिरीवाज तथा परम्परालाई भने भुलेका छैनन्। नत उनले आफू भित्र भएको प्रतिभालाई नै भुल्न सके। लाखौंको भीडमा निश्चल यतिबेला स्थापित कलाकार बन्न पुगेका छन् ।

    क्यानेडाको एडमन्टनमा रहेको ‘नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टन’ले आयोजना गर्ने अधिकांश कार्यक्रममा निश्चलको गायन तथा अभिनय देख्न पाइन्छ। विदेशी भूमिमा बसेर पनि नेपालको कला तथा संस्कृतिको प्रचारप्रसार गर्नमा उनी तल्लिन देखिन्छन्।

    क्यानेडा बसाईको क्रममा दर्जन बढी नाटकहरुमा उनले मुख्य भूमिकामा काम गरेका छन् भने आफ्नै लेखन तथा निर्देशनमा तीनओटा नेपाली नाटकहरु मञ्चन गरिसकेका छन्। बैदेशिक रोजगारीको विषयमा आधारित पहिलो नाटक ‘जीत हो जिन्दगी’, ‘दयालु बुढा’, ‘डाईरेक्टर राते काइलो’ मञ्चन भइसकेका छन्।

    फुर्सदको समयमा किताब पढ्न रुचाउने निश्चल आगामी दिनहरुमा म्यूजिक भिडियो तथा साना चलचित्र बनाउने तयारीमा रहेका छन्। बहुप्रतिभाका धनी निश्चल नाटक लेखन निर्देशन मात्र नभएर अल्बर्टा क्यानेडाको नेपाली समुदायमा चिनिएका उदयमान गायक हुन्।

    ‘चाँडै नै एल्वमको तयारी गरिरहेको छु ।’ उनी भन्छन्, ‘परम्परागत नेपाली भाकायुक्त एल्वम चाँडै बजारमा ल्याउने तयारी गर्दैछु। अपेक्षा छ दर्शक श्रोताहरुले माया गर्नुहुनेछ। शरीरको विशेष ख्याल राख्ने निश्चल दैनिक फिटनेश जान्छन्।

    शारीरिक तन्दुरुस्तिका साथै आगामी दिनहरुमा बिभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा अभिनय गर्ने योजनाका कारण पनि शरीर बनाउने अभ्यासमा केही समय बिताउने गरेको उनी बताउँछन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    https://youtu.be/MyktcgreSO0

    श्रीखबरबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...

    मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

    काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको...