News Portal

झुटो विवरण पेश गरी नक्कली बाबु छोरा बनि लिएको नागरिकता रद्ध

हिमाली संचार संवाददाता
६५३ पटक

बासुदेव शर्मा
जाजरकोट : जाजरकोट नलगाड नगरपालिका २ का चंखे पुनलाई बुवा वनाई नेपाली नागरिकताको प्रमाण पत्र लिने कमलको जिल्ला प्रशासन कार्यालय जाजरकोटले रद्ध गरेको छ। जाजरकोट प्रशासनलाई झुक्याउदै नक्कली बाबु छोरा वनि लिएको नागरिकता रद्ध गरिएको हो।

नेपालको संविधानमा व्यवस्था भएको दफा १२ वमोजिम झुटो विवरण पेश गरी कमलले लिएको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गरि कार्वाहीको लागी प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले वताउनु भयो।

नक्कली बावु छोरा बनी नेपाली नागरिकता लिएको सार्वजनिक भएपछि सोमवार प्रशासनले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सानै उमेरमा वुवाको मृत्यु भएको आमा दोस्रो विवाह गरेपछि उनी वेवारीसे अवस्थामा दाङ्गबाट आफन्त खोज्दै जाजरकोट आएको बयानको क्रममा उल्लेख गरेका छन् । उनले आफनो थर समेत के हो थाहा नभएको वताएका छन् ।

नलगाड नगरपालिका २ चंखे पुन र कौशिला पुनकी एक मात्र सन्तान छोरीको विवाह भईसकेको छ । नक्कली वुवा चंखे पुनको घरमा केहि वर्ष वसेका कमलले नागरिकता भए व्यवसाय गर्न सजिलो हुने भन्दै नक्कली वावु छोरा भएर नागरिकताको प्रमाण पत्र वनाएको स्वीकार गरेका छन । कमलले धर्मपुत्रको रुपमा वसेर बुढेसकालको साहारा वन्ने भन्दै चंखेलाई नक्कली बाबु वन्न लगाएका थिए।

नलगाड नगरपालिका २ का वडा अध्यक्ष राम कुमार जैसीले चंखे पुनलाई बावु बनाई कमललाई नागरिकता दिने सिफारिस गर्नु भएको थियो। कमलले २०७५ साल असोज २६ गते झुटो विवरण पेश गरी बंसजको आधारमा जिल्ला प्रशासन कार्यलय जाजरकोट नागरिकता लिएका थिए।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जारी गरेको नागरिकता प्रमाण पत्र नंम्वर ०६२—०१७५—०२१३३ मंगलवार रद्ध गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

नक्कली बावु छोरा वनी लिएको नेपाली नागरिकताको प्रमाण पत्र प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले रद्ध गर्नु भएको छ। १० महिना अघि प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले वडाध्यक्ष राम कुमार जैसीको सिफारिसमा कमललाई नेपाली नागरिकताको प्रमाण पत्र दिनु भएको थियो ।

नक्कली बाबु छोरा वनी नागरिकता लिएको सार्वजनिक भएपछि भाग्न सक्ने भन्दै स्थानिय प्रशासनले तत्काल नियन्त्रणमा लिएर छानविन गरेको प्रजिअ वस्नेतले वताउनु भयो। नक्कली काम एक वर्ष टिक्न सकेन अन्तत प्रजिअ वस्नेतले नेपाली नागरिकता रद्ध गर्नु भयो ।

वडाध्यक्षसग झुटो विवरण पेश गरेर प्रशासनलाई झुक्याएर नागरिकता लिएकोले रद्ध गरिएको हो । प्रशासनलाई झुक्याएर लिएको नागरिकता रद्ध गर्ने काम जिल्ला प्रशासनको भएको र दण्ड सजाय अदालतले गर्ने कानुनी व्यवस्था भएको प्रजिअ वस्नेतले वताउनु भयो ।

आमावुवा नभएका व्यक्तिहरुले बंशजका आधारमा संरक्षक राखेर नागरिकता लिने व्यवस्था कानुनमा भएकोले प्रक्रिया अनुसार आउनु प्रजिअ वस्नेतले आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...