News Portal

भर्खरै मात्र श्रीमान गुमाएकी निर्मलालाई पिडा माथी पीडा !

हिमाली संचार संवाददाता
७८८ पटक

उर्लाबारी, ३० साउन : आखाँको ज्योति गुमाएकी आफ्नी ८ वर्षीया छोरीले न्याय नपाएको भन्दै मोरङको उर्लाबारी–१ की निर्मला ऋषिदेव यतिबेला कहिले वडा कार्यालय त कहिले नगरपालिका धाइरहनु भएको छ ।

गत वर्षको असार १६ गते छिमेकी १३ वर्षीय सन्दीप माझीले गेटिस हान्दा निर्मलाकी ८ वर्षीया छोरी सरिनाको देव्रे आँखाको ज्योति गुमेको थियो। छोरीको आँखाको ज्योति गुमेपछि उहाँलाई स्थानीयले कतै उजुर वाजुर नगर्नु न्याय दिलाउँला भनेर फकाए।

श्रीमानको मृत्यु भएको १३ दिनपछि छोरीको आँखाको ज्योति गुमेपछि निर्मला झनै पीडामा पर्नुभयो। सुकुम्वासी बस्तीमा टाउको मात्र लुकाउने घरमा बस्दै आउनु भएकी निर्मलाले चिनेजानेकासँग हारगुहार गर्नुभयो तर, कसैले उहाँका कुरा सुनेनन्। त्यसपछि वडाध्यक्ष मछिन्द्र बहादुर कार्कीसँग गुहार माग्न जानु भएकी निर्मलालाई वडाध्यक्षले छोरीको उपचार गराइदिने सहमति गराइदिनुभयो।

अहिले सरिनाको देव्रे आँखामा ज्योति छैन। क्षति पुर्तिका लागि प्रहरीमा निवेदन दिन्छु भन्दा वडाध्यक्षले नै उजुर वाजुर नगर्नु भनेको निर्मलाको भनाई छ । उहाँले भन्नुभयो–घरमा आएर कतै उजुर नगर्नु भन्नुभयो। पछिल्लो समय वडाध्यक्षले न्याय दिलाइदिनु भन्दा पन्छिने गरेको र पिडकलाई साथ दिएको उहाको भनाइ छ। क्षतिपूर्ति दिलाइदिनु भन्दा वडाअध्यक्षले आफ्नो कुर्शिको मोल भन्दा ठूलो कुरो गरिस भनेर झपारेको उहाको दुखेको छ।

तर, वडाध्यक्ष मछिन्द्र बहादुर कार्कीले आँखाको उपचार गर्न सम्पूर्ण पहल आफैले गरेको बताउनु भयो। उहाँले भन्नुभयो –‘मैले पीडितलाई न्याय दिलाउन आफै पहल गरेको छु। पटकपटक छलफल राखेको छु। तर, छफफलमा कुरा मिलेको छैन्। वडाध्यक्ष कार्कीले बालिकाको आँखाको ज्योति गुमेकोले उनलाई क्षतिपुर्ति दिनुपर्ने बताउनु भयो।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...