News Portal

  • बलात्कार घटनाको लेनदेनमा मिलापपत्र गराउने ७ पक्राउ

    हिमाली संचार संवाददाता
    ९७७ पटक

    रबिन्द्र बराल
    मोरङ, २५ साउन : माेरङकाे रंगेली नगरपालिका ९ मा असार २० गते भएको बलत्कार घटनालाई गाउँमै मिलाउने ७ जनालाई रंगेली प्रहरीले पक्राउ गर्ने सफल भएको छ। हाम्रो समाजमा अहिले पनि जघन्य अपराध गर्ने अपराधीलाई पैसाको बलमा उन्मुक्ति दिने प्रचलन कायमै रहेको एक घटनाले सावित भएको छ ।

    पछिल्लोपटक रङगेली नगरपालिका ९ स्थित सखुवाथान मा यस्तै घटना सार्वजनिक भएको थियो। घटना विवरण अनुसार गत असार २० गते किशोरीलाई शारीरिक रूपमा अशक्त रहेकि छिन उनलाई स्थानीय ३ युवाहरू मिलेर सामुहिक रुपमा करणी गरेर घटनामा पिडित परिवारजनले थाहा पाएपछि गाउँका ठुला ठालुले बिपन्न परिवारकि ती किशोरीलाई पैसाको कागज गरि घटना मिलाउन गाउँमै मिलापत्रकाे कागज भेटिएको थियोे।

    उक्त कागजमा साेहि स्थानका स्थानीयहरु मिलेेेर कागज समेत गरेका थिए। प्रहरीले उनिहरुकाे व्यापक खाेजिकार्य गरेपछि स्थानीय अभिनय वजगाई, दिलिप कुमार मुर्मु, सुभाष राजबंशी, राम बहादुर राजबंशी, हेमलाल राजबंशी, सेखर गाैतम र चित्र सेन राजबंशी, बिहीबार पक्राउ गरेको छ।

    उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरिएको छ तर कानुनको हात लामो हुन्छ भने जस्तै घटनाका बारेमा समाजका सचेत नागरिकले प्रहरीमा डिलै भए पनि जानकारी दिए त्यसपछि रंगेली प्रहरीको कान ठाडो भयाे र तत्काल अाराेपिलाइ कानुनी कठघरामा ल्याउन प्रहरी सफल भएको छ।

    किशोरीलाई सामुहिक रूपमा जबर्जस्ती करणी गर्न रङेली ९ सखुवाथान बस्ने २५ बर्षिय रोमन मगर, सोही ठाउँ बस्ने २४ वर्षिय प्रीन्स अधिकारीलाई पक्राउ गरि अाबश्यक कार्वाही समेत अगाडि बढाई सकेको छ ।

    सामुहिक जवरजस्ति करणिकाे मुद्दामा म्याद थपिएको र घटनामा थप संङलग्न रहेका गणेश प्रसाद दहाल, रेवत वहादुर काफ्ले र चेत बहादुर मगरकाे खाेजि कार्य भईरहेकाेे ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहालले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...