आज : २०२६-०७-१०, शुक्रबार

गजल

पाउने छन गरिबले सुन फलाउने अवसर
जब दिइनेछ मलाइ देश चलाउने अवसर

काटिदेउ हागाबिगा जिन्दगीलाइ घाम छल्ने
पाउनेछ त्यहाँ मुनाले नयाँ पलाउने अवसर

गणतन्त्रको भोजमा कुर्सी राखिएन उसलाई
त्यसैले खोज्दैछ उ सरकार ढलाउने अवसर

आमा परदेशिने छोराको बाटो नरोक्नु ममताले
उसले पाउने छ जिन्दगी तह लाउने अवसर

ए दुश्मनहरु कति खोज्छौ राको बोकेर मौका
आफ्नोले मात्र पाउनेछ यहाँ जलाउने अवसर।।

कुमारी चेम्जोङ्ग
हल्दिबारी, झापा