News Portal

त्रिशुलीबाट बस निकालियो, पाँच जनाको शव भेटियो, दुई दर्जन अझै बेपत्ता

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडौँ – सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृतक पाँच जनाको शव भेटिएको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ । बसमा सवार मध्ये २४ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ । नदीमा खसेको बसलाई क्रेनमार्फत बाहिर निकालिएको छ ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको हो । बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट २ यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसमा सवार हुनेमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित २ जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमारसहित ३ जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित २ जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित ३ जना, ब्रह्मपुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित ४ जना, मलंगवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलंगवा गणेशियाका भाग्यनारायण महतोसहित ३ जना, भारतका लरकवाका रामबाबु यादवसहित ३ जना, भारतका कुवारीका अजय ठाकुरसहित २ जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

बस कर्मचारीमा चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ जनाको पहिचान भएको छ ।

पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् । मलंगवा–९ स्थित रहेको सृष्टी बस काउन्टरमा अहिले बसमा सवार यात्रीको आफन्तको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...