News Portal

पेट्रोल/डिजेल/मट्टितेलको मुल्य बढ्यो, ग्यासको घट्यो

हिमाली संचार संवाददाता
६७१ पटक

काठमाडौँ, २२ साउन : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा ५० पैसा बढाएको छ ।

निगमकाअनुसार भारतीय आयल निगमको नयाँ मूल्यसूची समायोजन गर्दा ग्यासको घटेको र पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९, डिजेल र मट्टितेल प्रतिलिटर ९७/९७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। उक्त मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...