News Portal

रेडियो भेरी सुर्खेतद्वारा पत्रकार शर्मा बचाउ अभियानमा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७३४ पटक

सुर्खेत, २० साउन : बोनम्यारो प्रत्यारोपणका क्रममा रहनु भएका पत्रकार डिलप्रकाश शर्माको उपचारमा सहयोगार्थ रेडियो भेरीले ४५ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ। रेडियो भेरी र रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारीको सहयोगमा डिलप्रकाश शर्मा बचाउ अभियानका नाममा रहेको सेन्चुरी बैकंको खातामा रकम जम्मा गरिएको हो।

नेपाल पत्रकार महासंघ सुर्खेतका साधारण सदस्य तथा साझा बिसौनी दैनिकमा कार्यरत शर्माको अहिले काठमान्डौमा उपचार चलिरहेको छ। झन्डै २ महिनादेखि बोनम्यारोबाट पिडित हुनुभएका शर्माको उपचारकोलागि अहिले विभिन्न संघसस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन।

रेडियो भेरी एफएमका स्टेशन म्यानेजर नारायकुमार कोर्इरालाले बोनम्यारो पिडित पत्रकारलार्इ थोरै भएपनि आर्थिक सहयोग गरिएको भन्दै सुर्खेतमा रहेर पत्रकारीता गर्दै आउनुभएका शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

हालसम्म डिलप्रकाश शर्मा बचाउ अभियानका नाममा रहेको सेन्चुरी बैकंको खातामा १ लाख ८४ हजार ५१ रुपैया जम्मा भएको छ। शर्मालार्इ सहयोग गर्न चाहाने सेन्चुरी बैकंमा रहेको डिलप्रकाश शर्मा बचाउ अभियानका नाममा रहेको खातामा रकम जम्मा गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...