News Portal

बिप्लव नेकपाद्वारा राज्यलाई अरबाै कर नतिरेको भन्दै एनसेल टावरमा आगजनी

हिमाली संचार संवाददाता
५७३ पटक

धनगढी, १६ साउन : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टका पार्टीका कार्यकर्ताले सेती महाकालीका विभिन्न स्थानमा रहेका एनसेलका टावर जलाएका छन। राज्यलाई अरबाै रुपैया कर नतिर्ने, जनताबाट चर्काे शुल्क असुली गर्ने साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी एनसेल भन्दै कार्वाही थालिएको नेकपा स्रोतले जानकारी दिएको छ।

बुधबार १५ गते देश ब्यापी एनसेलमाथि कार्वाही गरेको जनाएको छ। सेती महाकालीका विभिन्न जिल्लामा एनसेलमाथी कार्वाही गरेको हो। कैलालीको लम्की, जानकीनगर र धनगढीमा गरि ४ वटा टावर ध्वस्त पारेको छ। डडेल्धुराकाे महाभात हगुल्टेलेककाे काफली टावर र गाेगनपानी सुदुरपश्चिमकाे मुल टावरलाई समेत ध्वस्त गरेको हो ।

डाेेटीकाे शैली शिखरकाे कफलेखि टावर, अछाममा बिजायक तुर्माखाँदमा गरि २ वटा टावर ध्वस्त भएका छन्। बाजुराकाे बुढीगंगाकाे बार्जुकाेटमा रहेको टावर,बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरि ३ वटा टावर ध्वस्त भएका छन् ।

त्यस्तै बैतडीको दाेगाडाकाे सित्तड र पुर्चाैडिकाे कुडिमा गरि २ वटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त बनाएको छ, यद्यपि कन्चनपुर र दार्चुलामा कति वटा टावर माथी कार्वाही भयो त्यसको एकिन जानकारी भने नभईसकेको नेकपा स्रोतको छ। सेती महाकालीमा मात्रै साउन १५ गते राति करिब १५ वटा एनसेल टावरलाई कार्वाही गरेको कुरा साे पार्टीका सेती महाकाली इन्चार्ज निर्माणले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...