News Portal

सभामुखले जबर्जस्ती संसद चलाउदा खोज्दा महराविरुद्ध नाराबाजी

हिमाली संचार संवाददाता
५८० पटक

काठमाडौं, १५ साउन : सर्लाही काण्डका बारेमा माग पूरा नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदमा अबरोध गरेका छन्। बुधबार संसदको बैठक शुरु हुनेवित्तिकै आ-आफ्नो सिटबाट उभिएर विरोध जनाएका नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूलाई सभामुख कृष्णबहादुर महराले जबरजस्ती बैठक अगाडि बढाउन खोजेका थिए।

महराले नेपाली कांग्रेस र राजपा नेपालको विरोध हुँदा हुँदै शून्य समय शुरू गर्न खोजेका थिए। सभामुख महराले बैठक चलाउन खोजेपछि नारावाजी गर्दै नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरू रोष्टम अगाडि आएका थिए ।

सर्लाहीमा भएको घटनालाई लिएर नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्। संसदीय समिति गठन गरेर सर्लाही घटना छानविन गर्न दुईतिहाइको कम्युनिस्ट सरकार डराइरहेको आरोप नेपाली कांग्रेसले लगाउँदै आएको छ ।

सरकारको दवावमा सभामुख महराले संसदीय छानविन समिति गठन गर्न नमानेको आरोप कांग्रेसको छ। नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले संसदीय सर्वोच्चता कायम गर, मानवअधिकार हनन् अन्त्य गर, निर्मला पन्तका दोषीलाई कारबाही गर जस्ता नारावाजी गर्दै रोष्टम घेराउ गरेका थिए। नारावाजीको आवाजलाई सभामुख महराले बन्द गरिदिएका छन् ।

सभामुख महराको कार्यशैलीबाट आजित बनेका नेपाली कांग्रेस र राजपा नेपालले महराविरुद्ध समेत नारावाजी गरेका छन्। महरालाई आफ्नो मर्यादामा बस्न आग्रह गर्दै निस्पक्ष सभामुख बन्न सुझाव दिइएको छ ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले नारावाजी गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले टेबुल ठोकेर विरोध जनाएका थिए। केही सांसदहरूले सदन अबरोध गरेको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोध गरेका थिए ।

नेकपाकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस र राजपा नेपालको विरोध गरिन्। उनले आफ्नो सिटमा उभिएर प्रतिपक्ष दलहरूलाई संसदीय मर्यादाको पाठ सिकाउँदै थिइन् तर, उनले माइकमा बोल्न पाइनन्।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले महराले आफूविरुद्ध नारावाजी गरेपछि रिसाएका थिए। उनले महराले सभामुखविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका थिए। महराले अदालतमा विचाराधीन विषयमा पनि नबोल्न निर्देशन दिएका थिए ।

सभामुख महरालाई संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव गोपालनाथ योगीले नेपाली कांग्रेस र राजपा नेपालको अबरोधका क्रममा भएका घटनाको रिपोर्टिङ गर्दै बेलाबेला निर्देशन दिन सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...