News Portal

सभामुखले जबर्जस्ती संसद चलाउदा खोज्दा महराविरुद्ध नाराबाजी

हिमाली संचार संवाददाता
५३९ पटक

काठमाडौं, १५ साउन : सर्लाही काण्डका बारेमा माग पूरा नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदमा अबरोध गरेका छन्। बुधबार संसदको बैठक शुरु हुनेवित्तिकै आ-आफ्नो सिटबाट उभिएर विरोध जनाएका नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूलाई सभामुख कृष्णबहादुर महराले जबरजस्ती बैठक अगाडि बढाउन खोजेका थिए।

महराले नेपाली कांग्रेस र राजपा नेपालको विरोध हुँदा हुँदै शून्य समय शुरू गर्न खोजेका थिए। सभामुख महराले बैठक चलाउन खोजेपछि नारावाजी गर्दै नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरू रोष्टम अगाडि आएका थिए ।

सर्लाहीमा भएको घटनालाई लिएर नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्। संसदीय समिति गठन गरेर सर्लाही घटना छानविन गर्न दुईतिहाइको कम्युनिस्ट सरकार डराइरहेको आरोप नेपाली कांग्रेसले लगाउँदै आएको छ ।

सरकारको दवावमा सभामुख महराले संसदीय छानविन समिति गठन गर्न नमानेको आरोप कांग्रेसको छ। नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले संसदीय सर्वोच्चता कायम गर, मानवअधिकार हनन् अन्त्य गर, निर्मला पन्तका दोषीलाई कारबाही गर जस्ता नारावाजी गर्दै रोष्टम घेराउ गरेका थिए। नारावाजीको आवाजलाई सभामुख महराले बन्द गरिदिएका छन् ।

सभामुख महराको कार्यशैलीबाट आजित बनेका नेपाली कांग्रेस र राजपा नेपालले महराविरुद्ध समेत नारावाजी गरेका छन्। महरालाई आफ्नो मर्यादामा बस्न आग्रह गर्दै निस्पक्ष सभामुख बन्न सुझाव दिइएको छ ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले नारावाजी गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले टेबुल ठोकेर विरोध जनाएका थिए। केही सांसदहरूले सदन अबरोध गरेको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोध गरेका थिए ।

नेकपाकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस र राजपा नेपालको विरोध गरिन्। उनले आफ्नो सिटमा उभिएर प्रतिपक्ष दलहरूलाई संसदीय मर्यादाको पाठ सिकाउँदै थिइन् तर, उनले माइकमा बोल्न पाइनन्।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले महराले आफूविरुद्ध नारावाजी गरेपछि रिसाएका थिए। उनले महराले सभामुखविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका थिए। महराले अदालतमा विचाराधीन विषयमा पनि नबोल्न निर्देशन दिएका थिए ।

सभामुख महरालाई संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव गोपालनाथ योगीले नेपाली कांग्रेस र राजपा नेपालको अबरोधका क्रममा भएका घटनाको रिपोर्टिङ गर्दै बेलाबेला निर्देशन दिन सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...