News Portal

बिप्लवका कार्यकर्ता पक्राउको बिरोधमा बुधबार बन्द कुनकुन जिल्ला हुदैछन ?

हिमाली संचार संवाददाता
९०८ पटक

सुर्खेत,१५ साउन : आफना कार्यकर्ता पक्राउको बिरोधमा बिप्लव माओबादीले भोली नेपाल बन्दको आह्वान गरेको छ । सरकारी दमनको बिरोधस्वरुप भन्दै बिप्लव नेतृत्वको नेकपाले भोली बन्दको आह्वान गरेको हो ।

संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी अन्चलका सबै र जनकपुर (रामेछाप र दोलखा) जिल्ला बन्द घोषणा गरेका हुन्। जसअन्तर्गत बुधबार रामेछाप र दोलखासहित पुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द हुनेछन् ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ।

यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो ।

ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।

सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै सरकारी दमन र धरपकडका बिरुद्ध बुधबार नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी महिला नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ काठमाडौँबाटै गिरफ्तार परेकी छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव समेत रहेकी भृकुटीलाई प्रहरीले काठमाडौँको बुढानिलकन्ठबाट गिरफ्तार गरेको हो।

बिज्ञप्ती हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...