News Portal

  • बिप्लवका कार्यकर्ता पक्राउको बिरोधमा बुधबार बन्द कुनकुन जिल्ला हुदैछन ?

    हिमाली संचार संवाददाता
    ८३२ पटक

    सुर्खेत,१५ साउन : आफना कार्यकर्ता पक्राउको बिरोधमा बिप्लव माओबादीले भोली नेपाल बन्दको आह्वान गरेको छ । सरकारी दमनको बिरोधस्वरुप भन्दै बिप्लव नेतृत्वको नेकपाले भोली बन्दको आह्वान गरेको हो ।

    संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी अन्चलका सबै र जनकपुर (रामेछाप र दोलखा) जिल्ला बन्द घोषणा गरेका हुन्। जसअन्तर्गत बुधबार रामेछाप र दोलखासहित पुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द हुनेछन् ।

    प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ।

    यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो ।

    ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।

    सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै सरकारी दमन र धरपकडका बिरुद्ध बुधबार नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी महिला नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ काठमाडौँबाटै गिरफ्तार परेकी छन् ।

    अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव समेत रहेकी भृकुटीलाई प्रहरीले काठमाडौँको बुढानिलकन्ठबाट गिरफ्तार गरेको हो।

    बिज्ञप्ती हेर्नुहोस :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...