News Portal

  • ठूला नेता जोगाउन कांग्रेस कार्यकर्ताको हत्या : सांसद कँडेल

    हिमाली संचार संवाददाता
    ७२८ पटक

    साउन १४, काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा विक्रीमा मुछिएर माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट युक्तप्रसाद श्रेष्ठको मृत्युबारेमा छानबिन गर्न कांग्रेसका सांसदले माग गरेका छन्।

    कांग्रेसका सांसद तथा पूर्व गृहराज्य मन्त्री  देवेन्द्रराज कँडेलले यही १२ गते माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हाम फालेर मृत्यु भएको भनिएका कांग्रेस पर्वतका सचिव तथा डिल्ली बजार मालपोतका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठबारेमा सत्य तथ्य खोज्दै जवाफ मागेका हुन्।

    संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार बोल्दै सांसद कँडेलले प्रहरीबाट श्रेष्ठले आत्महत्या गरेको सूचना आइरहेको भन्दै यसबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन्।

    युक्तप्रसादले ललिता निवासको जग्गा विक्री प्रकरणमा नाम जोडिएपछि आत्महत्या गरे भन्ने विषय आयो। त्यति ठूलो प्रकरणमा एउटा खरिदारले कति काम गर्न सक्छ?’, कँडेलले भने, ‘पूर्वप्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरु संलग्न भएको काण्डमा खरिदारले के कस्तो भूमिका निर्वाह गर्न सक्ला? एउटा सानो पदको कर्मचारीले सबै भूमिका निभाएको कुरा कति मान्न सकिएला?

    सांसद कँडेलले युक्तले आत्महत्या गरेको घटना नै रहस्यमय रहेको बताए। उनले प्रहरीले सञ्चारमाध्यमलाई दिएको भनाइ नै शंकास्पद रहेको पनि जिकिर गरे।

    ‘९० किलोको मान्छे आठ तलामाथिबाट हामफाल्दा उसको रगत पनि आएको छैन, अंगभंग पनि भएको छैन। त्यहाँ देख्ने पनि कोही छैनन्’, उनले भने, ‘यो हत्या हो कि हामफालेरे आत्महत्या गरेकै हो? पोस्टमार्टम रिपोर्टमा के भनिएको छ?

    सांसद कँडेलले ठूला नेता मुछिएकाले साक्षी मेटाउन यो घटना गराइएको हुन सक्ने आशंका व्यक्त गरे। ‘साक्षी मेटाउने किसिमले हत्या भएको त होइन भन्ने शंका उब्जिएको छ’, कँडेलले भने, ‘२०५९ सालमै उनले कर्मचारीबाट राजीनामा गरिसकेका थिए। उनी सामाजिक संस्थामा काम गर्ने व्यक्ति पनि हुन्। लायन्स क्लबका नेशनल गभर्नर थिए।

    पूर्वगृराज्यमन्त्री कँडेलले बालुवाटारको जग्गा प्रकरणमा सूचना चुहाउन सक्ने भएकाले हत्या गरिएको हुन सक्ने बताउदै ‘बालुवटारको जग्गा प्रकरणमा केही कुरा चुहाउन सक्छन् भन्ने जानेर नै हत्या गरिएको त होइन?’, आशंका गर्दै उनले भने, ‘यसबारे सत्य तथ्य बाहिर आओस्।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...