News Portal

ठेकेदारकाे लापरबाहीले भवनकाे छत बाङ्गियाे

हिमाली संचार संवाददाता
४७० पटक

रबिन्द्र बराल/मोरङ
साउन १४ मंगलबार : मोरङकाे रंगेली नगरपालिका ७ स्थित बसपार्कमा मंसिर १७ गतेदेखि निर्माण सुरु भएको १८ वटा काेठाको सटर निर्माण सुरु भएपछि स्थानीयहरु रंगेलीमा बिकासका पुर्वधारहरुकाे काम राम्रो भएको भन्दै खुशी भएका थिए ।

तर केही साता अागडि अाएकाे अविरल वर्षा भएकै दिन उक्त सटरहरुकाे माथिल्लो भागकाे ढलान भएपछि अहिले उक्त भवनकाे अगाडि र माथिल्लो भाग भने बाङ्गिएकाे र छत समेत गहिरो भएको देखिन्छ। गाेविन्द कन्स्ट्रक्सन बिराटनगरले निर्माणका लागि कुल ६५ लाख रुपैयाँ बराबरमा भवनकाे ठेक्का पाएकाे थियोे ।

नगरपालिकाकाे मुख्य ब्यस्त ठाउँमा समेत ठेकेदारकाे लापरबाही हुन्छ भने अन्य भित्री गाउँमा भने कस्तो काम हाेला त सहजै अनुमान गर्ने सकिन्छ। स्थानीय निकेश थापाका अनुसार उक्त छत ढलानकाे दिन अबिर वर्षा भएको थियोे।

ईन्जिनियर लगायत जनप्रतिनिधिहरु समेतले उक्त दिन ढलाना हुनबाट कसैले नराेकेकाे र राति १२ बजे सम्म छत ढलाना भएको थियोे। लगातारको बर्षाले छत ढलाना गरिएको सबै सिमेन्ट बगाए पछि उक्त ठाउँमा छड समेत देखा परेको थियोे। तर ठेक्केदारले पुनः माथिबाट पलस्तर गरेर टालटुल पारेको स्थानीयहरु बताउँछन्।

स्थानीय अशुपत्ति मंन्डलका अनुसार छतकाे सेट्रिङ गर्ने समयमा बेवास्ता गरेपछि अहिले भवनकाे अधिकान्स ठाउँमा बाङ्गाे र फुटेको बडि मात्रै रहेको बताए ।

गाेविन्द कन्ट्रसनका प्राेपाईटर अशाेक कुमार साहका अनुसार काम गर्दे जाँदा गल्ति भएको स्विकार गर्दै बिग्रेको ठाउँमा पुनः मर्मत गरिने भन्दै पन्छिन खाेजेका छन। उक्त भवन अबका दिनमा ईन्जिनियरले कसरी भवन पास गर्नेछन त्याे भने हेर्न बाँकी रहेको स्थानीयहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...