News Portal

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा लक्ष्य भन्दा कम राजस्व संकलन

हिमाली संचार संवाददाता
६८९ पटक

इन्द्र बुढाथोकी
सल्यान, १३ साउन : बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७५/०७६ को आन्तरिक राजस्व ३३ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ । ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य भन्दा कम राजस्व उठाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्त सम्म ३२ लाख ९१ हजार १ सय ६८ रुपैया राजश्व संकलन गरेको राजश्व शाखा भुपाल खड्काले बताए। उनका अनुसार नगरपालिकाले लक्ष्य भन्दा ३४.१७ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

नगरपालिका कार्यालयबाट मात्रै ११ लाख ५४ हजार ४ सय ३९ रुपैया संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत हरि बहादुर खत्रीले बताए। जसमा १ न. वडा कार्यालय बाट ५ लाख ३ हजार ६ सय ४५ रुपैया, २ न. वडा कार्यालयबाट १ लाख ६ हजार १ सय २३ रुपैया, ३ न. वडा कार्यालयबाट १ लाख ६ हजार ५ सय ४० रुपैया, ४ न. वडा कार्यालयबाट ९२ हजार ९ सय ५८ रुपैयाँ, ५ न. वडा कार्यालयबाट १ लाख ६० हजार ७ सय ५३ रुपैया, ६ न. वडा कार्यालयबाट १ लाख ६२ हजार ९ सय २८ रुपैया, ७ न. वडा कार्यालयबाट २ लाख १ हजार ६ सय २१ रुपैयाँ, ८ न. वडा कार्यालयबाट २ लाख २२ हजार ८ रुपैया, ९ न. वडा कार्यालयबाट १ लाख ५८ हजार ९ सय ४९ रुपैयाँ, १० न. वडा कार्यालयबाट ८२ लाख ६ सय ३८ रुपैयाँ, ११ न. वडा कार्यालयबाट १ लाख ४९ हजार ८ सय ८७ रुपैया र १२ न. वडा कार्यालयबाट १ लाख ३३ हजार २ सय ७५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

घर कर, घरबहाल कर, भुमी कर, व्यबसाय कर, सिफारिस दस्तुर, नक्सा प्रमाणीत दस्तुर, अन्य कर संकलन गरिको अधिकृत खत्रीले बताए। नगरपालिका मुख्य राजस्व संकलन गर्ने भेरी नदि, बनगाड खोला, सङ्ग्रही खोला लगायत स्थानीय खोलाबाट ढुङ्गा गिट्टी बालुवाको कर संकलन गर्ने समस्या हुदा लक्ष्य भन्दा कम कर उठेको बताएका छन ।

अब IEE भैसकेको र अब देखि उक्त ठाउको कर आए पछि नगरपालिकाको लक्ष्य अनुसार कर उठाउने दाबी समेत गरिएको अधिकृत खत्रीले बताए। नगरपालिका मुख्य पर्यटन क्षेत्रको रुपमा रहेको कुपिण्डे तालको भने अहिलेसम्म राजस्व संकलनतिर कसैको ध्यान केन्द्रित भएको छैन।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...