News Portal

बिषालु च्याउ सेवन गर्दा एकै परिवारका ३ को ज्यान गयो

हिमाली संचार संवाददाता
६३५ पटक

डिबि बुढाथोकी
रोल्पा, १३ साउन : लुङ्ग्री गाउँपालिका ६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खादा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो ।

घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी, छोरी कुर्मली बुढाथोकी र छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको छ । श्रीमान अमरसिंह बुढाथोकी वैदेशिक रोजगारको शिलशिलामा बिदेशमा रहेका छन् ।

बिषालु च्याउ खाएर बिरामी भएका परिवारलाई उपचारको लागि पुर्वी रोल्पाको बजार क्षेत्र मानिने सुलिचौर लागिएको थियो। सुलिचौरमा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई बुटवल पठाईएको थियो ।

उपचारका लागि बुटवल लिंदै गर्दा ३ बर्षीय पुस्कर बुढाथोकीको साउन ११ गते बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै ७ बर्षीय सुनिता बुढाथोकीको साउन १२ गते र २५ बर्षीय कुर्मली बुढाथोकीको साउन १३ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको स्थानीयबासि जेबि बिष्ट “भावुक”ले जानकारी दिए ।

एकै परिवारका ३ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको स्थानीयवासी बताउछन ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...