News Portal

कुवेत र चाइनिज ताइपेविरुद्ध नेपालले खेल्ने खेल दशरथ रंगशालामा नहुने

हिमाली संचार संवाददाता
६५४ पटक

काठमाडौं, १३ साउन : विश्वकप फुटबलको दोस्रो राउण्डअन्तर्गत नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको खेल दशरथ रंगशालामा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तोकिएको समयभित्र रंगशाला पुनर्निर्माण नसक्ने बताएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तनाव थपिएको हो ।

राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले भदौ १९ गते कुनै पनि हालतमा पुनर्निमाण नसकिने बताए । उनले भने, ‘एन्फाले भदौ १९ गतेको लागि तयार पार्नु भनेको थियो तर, अहिलेसम्म छाना हाल्ने र सिट हाल्ने काम सकिदैन । अरु काम पनि धेरै बाँकी नै छ । त्यसैले हामीले सक्दैनौं भन्यौं ।

राखेपको जवाफले विश्वकप छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेविरुद्धको खेल तोकिएकै समयमा दशरथ रंगशालामा नहुने प्रष्ट भएको एन्फाका प्रवक्ता किरण राईले बताए। उनले भने, ‘रशरथ रंगशालामा भित्रको काम अझै बाँकी रहेछ । निर्माण कम्पनीले भदौं १९ गतेको लागि तयारी हुदैन भनिसक्यो। त्यसकारण रंगशालामा खेल हुने देखिएन। अब एन्फा विश्वकप छनोटको दुई देशविरुद्धको होम खेल कहाँ खेलाउने भन्ने अन्योलमा छ ।

एन्फा कम्प्लेक्सको खेल मैदान अन्तर्राष्ट्रिय स्तरको होइन। हलचोकस्थित एपीएफको मैदान पनि उपयुक्त छैन । त्यसैले एन्फाले सुरुमा अवे खेल खेल्ने पक्षमा छ । यो प्रस्ताव एसियन फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) समक्ष राख्ने निर्णयमा एन्फा पुगेको छ । एन्फाका प्रवक्ता राईले भने, ‘पहिले हामी अवे खेल खेल्ने कि भन्ने छलफलमा छौ । यो विषयमा सोमबार मंगलबार टुंगो लाग्ला ।

एएफसी र फिफाले नमाने नेपालले आफ्नो होम म्याच तटस्थ भूमिमा खेलाउनु पर्ने हुन्छ । यो विषयमा पनि छलफल चलिरहेको प्रवक्ता राई बताउँछन् । ‘हामी अहिले होम खेल कहाँ खेलाउने भन्ने विषयमा छलफलमै छौं । नेपालगञ्ज रंगशालाको कुरा पनि आइरहेको छ । अब त्यो कति सम्भव हुन्छ हामी अध्ययन गरिहेका छौं’ उनले भने, ‘ त्यो सम्भव भएन भने हामी न्युट्रल भेन्युमै जानु पर्ने हुन्छ। न्युट्रल भेन्यु भन्नाले नेपालले आफ्नो होम खेल कुनै तेस्रो देशमा गएर खेल्नु पर्ने हुन्छ । प्रवक्ता राई भन्छन्, ‘न्युट्रल भेन्युमा हुने भयो भने नेपाललाई सजिलो हुने देशमै खेलाउने छौं ।

केहि दिनअघि मात्रै फिफाले सार्वजनिक गरेको विश्वकप छनोटको दोस्रो राउण्डमा नेपालले आफ्नो पहिलो खेल नै घरेलु मैदानमा पाएको थियो। होम खेल अन्तर्गत कुबेतविरुद्ध यहि भदौं १९ गते नेपालले प्रतिस्पर्धा गर्दैछ । त्यसपछि नेपालले चाइनिज ताइपेविरुद्ध होम खेल भदौ २४ गते खेल्दैछ ।

दुबै खेल दशरथ रंगशालामा हुन सक्दैन । तर एन्फाको प्रस्ताव फिफा र एएफसीले मानेको खण्डमा यहि मितिमा नेपालले दुबै देशसँग अवे खेल खेल्नेछ। नेपालले अष्ट्रेलियासँग अवे खेल असोज २३ गते खेल्ने तालिका छ भने होम खेल चैत १८ गते खेल्दैछ ।
त्यस्तै, नेपालले आफ्नो अर्को खेलमा जोर्डनसँग असोज २८ गते होम खेल खेल्नेछ भने अवे खेल २०७७ को जेठ २२ गते खेल्ने कार्यतालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...